गृहपृष्ठ Featured एसईई परीक्षामा शान्ताको ग्रेड ‘बी’ र करिश्माको ‘बी प्लस’

एसईई परीक्षामा शान्ताको ग्रेड ‘बी’ र करिश्माको ‘बी प्लस’

प्रकाशित मिति:

एसईई परीक्षाको नतिजामा नेकपा नेतृ शान्ता चौधरीले बी ग्रेड र अभिनेत्री करिश्मा मानन्धरले बी प्लस ग्रेड ल्याएका छन् । नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन् भने करिश्माले ३ ल्याएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।

यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

कलाकारितासँग सँगै राजनीतिक क्षेत्रमा पनि सक्रिय करिश्मा कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा पढेकी हुन् । उनले भविष्यमा नामको अगाडि ‘डा.’ लेखाउने उद्देश्यसहित पढाईलाई अगाडि बढाउँदै लगेकी छन् ।

त्यस्तै चौधरीले दाङको तुलसीपुरस्थित महेन्द्र माध्यामिक विद्यालयबाट परीक्षा दिएकी थिईन् । घोराही उप महानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी ३७ वर्षीया सांसद चौधरीको पनि करिश्माको जस्तै नामको अगाडि ‘डा.’ लेखाउने उद्देश्य छ । परीक्षामा राम्रो नजिता आएपछि दुवैजना खुशी देखिएका छन् ।

सम्बन्धित् समाचार