गृहपृष्ठ Featured आँगनमा सुतेको बालक कुकुरले लग्यो: ४ घन्टामा शव भेटियो

आँगनमा सुतेको बालक कुकुरले लग्यो: ४ घन्टामा शव भेटियो

प्रकाशित मिति:

एजेन्सी । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा भुस्याह कुकुरले तीन महिनाको बालकलाई मारेका छन् । उत्तर प्रदेशको सहारनपुरमा पर्ने दयालपुर गाउँमा रजनीश आफ्नी पत्नी ललिता र तीन महिनाका छोरा अभिमन्यूका साथ घरको आँगनमा सुतिरहेका थिए ।

कुकुरको समूहले तीन महिनाका अभिमन्यूलाई लुछ्दै लग्यो । कुकुरको आक्रमणबाट उनी चिच्चाउन थाले । बाबु रजनीशको मात्र नभएर सबैको निद्रा खुल्यो । सबैले कुकुरको खोजी गर्न थाले । कुकुरले बालकलाई नजिकैको ऊखुबारीमा लग्यो । ऊखुबारीमा लामो समयसम्म बालकको खोजी भयो ।

अन्तत कुकुरको समूहले बालकको टाउँको र अन्य अंग खाइसकेका थिए । चार घन्टापछि मात्र शव फेला पर्यो । घटना लगत्तै प्रहरीलाई खबर गरेपनि समयमै प्रहरीले खोजी नगरेर आफ्नो बालकले ज्यान गुमाएको भन्दै स्थानीयले आन्दोलन गरेका छन् ।

सम्बन्धित् समाचार