गृहपृष्ठ Featured घुम्ती शिविरबाट नागरिकता पाएपछि भलवाडबासी खुशी

घुम्ती शिविरबाट नागरिकता पाएपछि भलवाडबासी खुशी

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ९ मा वडाबाटै नागरिकता पाएपछि खुशी भएका छन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा घुम्ती शिविर अन्र्तगत राखीएको कार्याक्रममा ४४ जनाले नागरिकता लिएपछि खुुशी भएका हुन । नागरिकलाई सहज होस र प्रशासनको पौच वडा वडा सम्म होस भन्नका लागी घुम्ती शिविर अन्र्तगत नागरिकता र मतदाता परिचय पत्र बितरण गरिएको ईलाका प्रशासन कार्यालय बाणगंगाका प्रमुख बिक्रम शर्माले बताए । नागरिकता यसरी समय सापेक्षमा वडा स्तरबाटै वितरण गर्दा राम्रो हुने वडा अध्यक्ष धुर्व बेल्बासेले बताए । समय र पैसा खर्चेर नागरिकता बनाउन जितपुर चार नः जानु भन्दा यही यसरी वडामै नागरिकता पाउदा निकै खुशी लागेको नागरिकता बनाउन आएकाहरु बताउछन ।

सम्बन्धित् समाचार