गृहपृष्ठ Featured भलवाड बासी भन्छन ः प्रहरीको सेटिङमा नदीजन्य पदार्थको चोरी भयो

भलवाड बासी भन्छन ः प्रहरीको सेटिङमा नदीजन्य पदार्थको चोरी भयो

प्रकाशित मिति:

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा जिल्लाको बाणगंगा नगरपालिका वडा नः ९ भलवाडमा भएको कार्यक्रममा प्रहरीकै सेटिङमा नदीजन्य पदार्थको चोरी भएको सरोकारवालाले बताएका छन । नदीजन्य पदार्थको चोरी भएको खबर प्रहरीलाई दिदा प्रहरी आफैले उतm सुचना नदीजन्य पदार्थको चारी गर्ने गिरोहलाई दिने समेत गरेकोसो अवसरमा सरोकारवालाले बताए । स्थानिय समाजसेवि कुमार मधु बेल्बासे, नारायण खनाल, जन्जीर थारु लगायतले बोल्दै प्रहरीप्रति पुर्ण रुपमा बिश्वास गर्न नसकिने वातावरण बनेको बताए । वडा अध्यक्ष धुर्व बेल्बासेले समेत नदीजन्य पदार्थ नियन्त्रणका लागी जती गर्दा पनि नसकेको बताउदै यसप्रति प्रहरी प्रशासन पक्ष गम्भीर हुन आवश्यक रहेको बताए ।

भलवाडको खोजीपुर सामुदायिक बनको भवनमा भएको कार्याक्रममा मालपोत कार्यालयमा पैसा दिदा सजिलै काम बन्ने नत्र दुख पाउने अवस्था प्रति बोल्ने ब्यतmीले आक्रोश ब्यतm गरेका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका उपसचिव बिजयराज पौडेल, ईलाका प्रशासन कार्यालय बाणगंगा प्रमुख बिक्रम शर्मा, प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना धान सुपरजोनका प्रमुख मुकुन्द भुसाल, मालपोत कार्यालयका ऋषिराम पौडेल, ईलााका प्रहरी कार्यालय पिपराका टुक बहादुर खत्री लगायतले सरोकारवालाबाट उठेका प्रश्नको जवाफ दिएका थिए ।

सम्बन्धित् समाचार