गृहपृष्ठ Featured ज्ञानपुञ्ज बोडीङ स्कुल आइएसए अर्वाड प्राप्त गर्ने अन्तीम तयारीमा

ज्ञानपुञ्ज बोडीङ स्कुल आइएसए अर्वाड प्राप्त गर्ने अन्तीम तयारीमा

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न ः २ मा रहेको ज्ञानपुञ्ज बोडीङ स्कुल आइएसए अर्वाड प्राप्त गर्ने अन्तीम तयारीमा रहेको छ । ब्रिटिश काउन्सिल अन्र्तगत आइएसए गतिविधि कार्यक्रमबाट राम्रो प्रगति हासिल गरेको प्रमाणित भएपछि ज्ञानकुञ्ज आइएसए अर्वाड प्राप्त गर्ने अन्तीम तयारीमा रहेको हो । बिद्यालयले आइएसए अर्वाड प्राप्त गर्न बिभिन्न १० वटा कार्य बिद्यार्थीहरु मार्फत सम्पादन गरेपछि बिद्यार्थीमा परेको सकारात्मक प्रभावप्रति अहिले अभिभावक र सरोकारवाला समेत खुशी भएका छन । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा अध्ययनसगै अतिरितm कृयाकलापमा देखिएको प्रभाव उल्लेखनीय भएको समेत बाणगंगा नगरपालिकाको अनुगमनबाट पाइएको बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले बताए ।
बिद्यालयमा भएको एक कार्यक्रममा बोल्दै मगंल प्रसाद थारुले यस्तो उदारणीय कार्यको सिको सबैले गर्न आवश्यक रहेको समेत बताए । कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुुख थानेश्वर घिमिरे, शिक्षा शाखा उपसचिव बाबुराम भट्टराई, बाणगंगा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसि, वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेल, बिद्यालयका सञ्चालक पदम अधिकारी, प्रिन्सिपल रोमाकान्त घिमिरेले लगायले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार