गृहपृष्ठ खेलकुद काेपा अमेरिका : कोलोम्बियालाई टाइब्रेकरमा हराउँदै चिली सेमिफाइनलमा

काेपा अमेरिका : कोलोम्बियालाई टाइब्रेकरमा हराउँदै चिली सेमिफाइनलमा

प्रकाशित मिति:

एजेन्सी । साविक विजेता चिली कोपा अमेरिका सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएकाे खेलमा कोलोम्बियालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै चिली सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । चिलीका लागि चार्ल्स अरन्गिज र आर्टुरो भिडलले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयपछि गोल मान्य भएको थिएन ।

टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४ प्रहार गोलमा परिणत भए । चिलीका आर्टुरो भिडाल, एदुआर्डो भार्गास, एरिक पुल्गार, चार्ल्स अरान्गिजले र एलेक्सिस सान्चेज पाँचै जनाले गाेल गरे भने कोलोम्बियाका हामेस रोड्रीग्वेज, एडविन कार्डोना, जुआन क्वाडराडो र येरी मिनाले मात्रै गोल गरे ।

कोलोम्बियाका लागि पाँचौ प्रहार गरेका विलियम टेसिल्लोको प्रहार बाहिरीपछि चिलिले खेल जित्याे ।

यसअघि अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने ब्राजिलले पनि अन्तिम ४ मा स्थान सुरक्षित गरिसकेको छ । अन्तिम क्वाटरफाइनलमा उरुग्वे र पेरुले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित् समाचार