गृहपृष्ठ राजनीति भारतीय विदेश मन्त्रीलाई देउवाको शुभकामना

भारतीय विदेश मन्त्रीलाई देउवाको शुभकामना

प्रकाशित मिति:

कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय विदेशमन्क्रीमा नियुत्त भएका एस जयशंकरलाई बधाई दिएका छन् ।

भारतीय दूतावासमार्फत शनिबार बधाई सन्देश पठाउँदै देउवाले भनेका छन्, ‘तपाईंको विदेश सेवामा लामो योगदान र अनुभवले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले वैदेशिक मामिलामा नयाँ उचाइ लिने मलाई विश्वास छ ।’
देउवाले विदेश सचिव रहेका बेला जयशंकरसित भएका बैठकमा प्रस्तुत व्यक्तिगत ज्ञान र क्षमता स्मरण गरेको उल्लेख गरेका छन् । ‘तपाईंको विदेशमन्त्रीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझै बलियो हुनेमा आशावादी छु,’ देउवाले सन्देशमा भनेका छन् ।

सम्बन्धित् समाचार