दैनिक दिसा लाग्दैन ? अब नआत्तिनुहोस् यस्ता छन् घरेलु उपाय ! हाम्रो स्वस्थ्य हाम्रै हातमा रहेको छ । हाम्रो स्वास्थ्यमा देखिने समस्यालाई समयमनै पहिचान गरी सहि उपाय अपनाउन सकेका हामी निरोगी भई लामो समयसम्म जीवन बिताउन सक्छौं । पछिल्लो समयमा शरीरमा देखापर्ने समस्या मध्ये सबैभन्दा शरीरलाई देखापर्ने समस्या पेटसगँ सम्बन्धी समस्या हो । भनिन्छ, पेट सफा छ वा शरीरमा कुनै पनि किसिमको खराबीपना हुदैन् र अन्य रोगले हामीले सताउँदैन् । पेटमा खराबीपना देखापरेमा सुरुको अवस्थामा नियमित रुपमा दिसा नलाग्ने, एकदमै कम दिसा पटकपटक लागिरहने, पेट फुलेको वा डम्म भएको फिल हुने , खाना खाँदा पनि नखाँदा पनि पेटभारी हुने, काम प्रति जोश जागर नआउने, थकाई लाग्ने जस्ता समस्या देखापर्दछ । यस्ता समस्यालाई आमले सामान्य समस्या भनेर वास्ता गदैनन्, यसरी वास्था नगर्नु भनेको रोगलाई निम्तो दिनु भएकाले समस्याको समधान तर्फ अघि बढ्नुपर्दछ । पेटमा देखापर्ने समस्यालाई वास्था नगर्दा बिरामी बेडमै थलापला पर्दछन् । पेटमा खराबीपना भएमा ग्यास्ट्रिक, कब्जियत, अल्सर लगायतका अन्य रोगले समाउँछ । सबैको चाहना सुन्दर बनौं भन्ने हुन्छ । सुन्दर रहनको लागी पनि पेटको महत्वपूर्ण भूमिका हुन्छ । पेटमा फोहोर वा खराबीपना छ भने त्वचामा पनि र कपालमा समस्या सिर्जना जस्तै त्वचामा कालो दाग धब्बा, कपाल झरेर पातलो हुने, कपाल वा अनुहार रुखो देखिने आदि । पेटलाई सदैव सफा राख्नको लागी जस्तो सुकै दिसालाई निकाल्न जरुरी छ । हामीेले उपचार विधि अपनाउदाँ सय प्रतिशत प्राकृतिक, लाभदायी विधि अपनाउनुपर्दछ । जसको कारणले गर्दा पुरै पेटलाई सफा बनाउन सकिनेछ । यस्ता छन्, पेट सफा गरी स्वस्थ रहने उपाय । बेलुका अपनाउने उपाय दुईदुर्ई चम्चा ज्वानो र जीरालाई एक दुई मिनेट भुटेपछि धनिया लाई २ मिनेट भुटेर पिसेर पाउडर बनाई त्यसमा आधा चम्चा जति कालो नुन, बेसार, सुकेको पुदिनालाई हालेर मिक्स गरेपछि औषधी तयार हुन्छ । यसरी तयार पारेको औषधी रातीको खानापछि मनतातो पानीमा एक चम्चा हालेर सेलाएपछि सेवन गर्ने यसरी सेवन गर्नाले पेट पूर्ण रुपमा बिहान उठ्दा सफा हुन्छ । बिहान खाली पेटमा अपनाउने उपाय एक गिलास मन तातो पानीमा एक चम्चा क्यस्टर ओइल, आधा कागतीको रस र थोरै नुन मिसाएर बिहान खाली पेटमा पिउँने । यसो गर्नाले दिसा खुलेर आउँछ । बिहान खाली पेटमा वर बेलुकाको खाना पछी मेवा खानाले पेट सफा हुने कारणले गर्दा मेवाको सिजनमा मेवाको सेवन गर्नुहोस् । यो तरिका हप्ताको ३ पटक जति अपनाएमा कुनै समस्या देखा पदैन् । हामीले केही सम्बन्धित थप जानकारी दिइएका छाै कब्जियत (constipation) भनेको के हो ? दिसा समयमा नहुने वा हुँदा निकै बल गर्नु पर्ने अवस्थालाई कब्जियत (constipation) भनिन्छ । सामान्यतय हप्तामा कम्तिमा ३-४ पटकसम्म दिसा हुनुलाई राम्रो मानिन्छ । तर दिनहु दिसा हुनेलाई पनि कब्जियत हुन सक्छ । त्यसकारण Constipation को ब्याख्या व्यक्ति अनुसार फरक पर्न सक्छ । गलत खानपान, वोसोयुक्त खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ । धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ । कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउन सक्छ । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ । त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो। कब्जियत हुँदाका लक्षण १. दैनिक विहान दिसा खलाश हुने गरी नहुन, दिसा कडा हुनु, बारंबार दिसा हुनु । २. भोक नलाग्नु । ३. पेट भारी हुनु, पेट फुल्नु । ४. ग्यासको समस्या हुनु । ५. दिशा खलास नहुनु, दिशा कडा र सुख्खा हुनु । ६. आलस्य, चिडचिडापन हुनु, अनिद्रा हुनु । ७. टाउको दुख्नु, वाकवाक लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु । उचित विहार विहारको गडबडीले पनि कब्जियत हुन्छ । विहार भन्नाले हामीले शरिर हल्लाएर गर्ने सबै गतिविधि हुन् । त्यसैले विहार जहिले पनि उचित हुनुपर्छ । १.उठ्दा, बस्दा, उभिँदा, हिँड्दा, जुनसुकै काम गर्दा जहिले पनि ढाड खुकुलो सिधा राख्नुपर्छ । जसले सबैतिर रगत संचालन सुचारु हुन सहयोग पुग्छ । विहार अनुचित गरेमा ढाड दुख्ने, नशा च्यापिने जस्ता समस्या आउनुकासाथै पाचन कृयामा गडबडी भई कब्जियत हुन्छ । २. खाना छिटो छिटो खाने बानीले पनि कब्जियत हुन्छ । खाना छिटोछिटो खानाले खाना ¥यालसंग मुछिन पाउँदैन र पाचन कृया ढिला हुन्छ । फलस्वरुप खाना भित्रै अड्किन्छ । ३. त्यसैगरी एउटा खाना र अर्को खाना खाने समयको अन्तर करिब ४ देखि ५ घण्टा हुनुपर्छ । वीचमा घण्टा घण्टामा पानी मात्र लिनुपर्छ । वीचमा अर्को खाना खाएमा पहिलेको खाना पनि पच्न पाउँदैन र पछिको खाना पनि पच्न सक्दैन र कब्जियत हुन्छ । ४. दिशा बस्दा गर्ने गतिविधिले पनि कब्जियत हुन जान्छ । दिशा गर्दा बल बलले गर्नु हुँदैन । बल गर्दा मलद्धारमा घाउ हुने जस्ता समस्या हुन्छ। सुत्ने र उठ्ने समय नमिल्नाले पनि कब्जियत हुन्छ । बेलुकी खाना खाने वित्तिकै सुत्नु हुँदैन । खाना खाएको करिब एक–डेढ घण्टापछि मात्र सुत्नु पर्छ । खाना खाने वित्तिकै सुत्नाले खाना पच्न ढिलो हुन्छ । बिहान ढिला उठेमा पनि पचेर बाहिर निश्कासन हुन तयार भएको मल निस्कासन हुन पाउँदैन त्यसैले बेलुकी दस बजे र बिहान पाँच बजे उठ्नु उत्तम हुन्छ ।
रोकथाम
१. प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।
२. चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।
३. काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।
४. दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।
५. धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।
६. धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।
७. भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।
८. तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।
९. सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।
१०. बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।
११. खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।
१२. मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।
घरेलु उपचार
१. सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।
२. इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।
३. राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।
४. एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने । ५. अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ । – अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।
६. गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।
७. १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।
८. दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।
९. घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।
१०. सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।
११. सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।
१२. खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने । – तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।
१३. बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।
कब्जियत हटाउने यस्ता छन् उपाय
१. धेरै रेशायुक्त खानेकुरा खाने आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।
२. पानी धेरै पिउने हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ । बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।
३. व्यायाम शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।
४. नित्यकार्यका लागि बाथरुम जाने कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने । कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।
अरु कब्जियत कम गर्ने तरिकाहरु
१. राति चाँडै सुत्ने, बिहान ब्रम्ह मुहर्त (घाम झुल्किनु भन्दा ९६ मिनेटअगाडि देखि घाम झुल्किँदा सम्मको समय) भित्र उठिसक्ने। उठ्नेबित्तिकै १ लिटरजति मनतातो पानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्यािउँछ।
२. दैनिक ३० मिनेटको व्यायामलाई जीवनशैलीको अभिन्न अंग बनाऔँ। अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता क्रियाकलापले शरीर तथा पाचन प्रणालीलाई मजबुत राख्न सहयोग पुर्यााउँछ।
३. भोजनको समय निश्चित गरी उही समयमा मात्र भोजन गर्ने गरौँ। रातिको भोजन सकभर सूर्यास्त आसपासको समयमा होस्। भोजनलगत्तै सुत्ने बानी कब्जियतको मुख्य कारणमध्ये एक हो। भोजन गर्दा चपाइचपाइ खाने गरांै। भोजनको समयमा बातचित गर्ने, उठीउठी वा टिभी, कम्प्युुटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियत ज्यादा पाइएको छ।
४. खानामा मौसमी तथा स्थानीय (लोकल) अन्न तथा सागसब्जीको विशेष समायोजन होस्। सागसब्जी, सलाद तथा रेसादार फलफूलको समायोजनले कब्जियत नियन्त्रण गर्न सहयोग गर्छ।
५. मल त्यागको समयमा मनलाई पूर्ण रूपमा मल त्याग गर्नमा नै लगाऔं। शौचालयमा बसेर अखबार पढ्ने, गीतसंगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्याग सम्बन्धी सूचना सम्बन्धित अंगहरूलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जियत हुने सम्भावना रहन्छ। फलत अंगहरूमा विषाक्त बढ्न गई महत्वूर्ण अंगहरूको कार्य क्षमतामा कमी आउँदा अनेक रोग देखिन सक्छ। पूर्वीय स्वास्थ्य विज्ञानहरूको मत अनुसार कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि्रक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ। मानसिक समस्या जस्तै डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइ रहनु, ज्वरो, खोकी बल्भि्करहनु, मांसपेसी तथा नसा-नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ। नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ