गृहपृष्ठ खबर राजा बिरेन्द्रको बंश नाश भएको १८ वर्ष पूरा, घटना अझै रहस्यमा

राजा बिरेन्द्रको बंश नाश भएको १८ वर्ष पूरा, घटना अझै रहस्यमा

प्रकाशित मिति:

राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सोही दिन मृत्यु भएर कोमामा रहेका दीपेन्द्रलाई नयाँ राजा घोषणा गरिएको थियो ।हत्याकाण्डको बिषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दिपेन्द्रले गराएको प्रतिवेदन बुझाए पनि त्यसलाई धेरैले पत्याएनन् । प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रंसगका कारण दिपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।यस अवधिमा दरबार हत्याकाण्डमाथि थुप्रै टिकाटिप्पणी भए, पुस्तकहरु छापिए तर १८ बर्ष सम्म यर्थाथ कुरा बाहिर आउन सकेको छैन । राजा वीरेन्द्रपछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

सम्बन्धित् समाचार