गृहपृष्ठ राजनीति कांग्रेस कपिलवस्तुमा सशक्त रुपमा अघि बढने

कांग्रेस कपिलवस्तुमा सशक्त रुपमा अघि बढने

प्रकाशित मिति:

नेपाली कांगेसका केन्द्रिय सदस्य तथा सांसद अतहर कमालले कांग्रेस शसक्तरुपमा अघि बढने बताएका छन । एक महिने जागरण अभियान पछि कांग्रेसमा नया उजौ थपिएको र नेकपाको दुई तिहाइृ सरकार प्रति जनता अजित भएकाले कांग्रेस अब नयाढंगले अघि बढने बताएका छन । कांग्रेसले देशब्यापीरुपमा संचालन गरेको एक महिने जागरण अभियानको तौलिहवामा कांग्रेस कपिलवस्तुद्धारा आयोजित समापन समारोहमा कांग्रसको तर्फबाट गठित छाया सरकारका संघीय मामालि मन्त्री समेत रहेको नेता कमालले एक महिने जागरण अभियानले जनता र कार्यकर्तामाझ राम्रो संदेश दिन सफल भएको बताए । सिह दरबारको अधिकार गाउ गाउमा नारा दिने दुइृ तिहाईको ओली सरकारले प्रदेश र स्थानीय निकायको अधिकार जति काटैती गरी केन्द्रिकृत गर्न खोजेको बताए । अहिलको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको भन्दै उनले बिपक्षी पार्टीका नेताहरुलाइृ तर्साउन छानी छानी मुद्दा लगाउने काम गरिएको उनले बताए । उनले अहिलको कम्युनिष्ट सरकारले राणशानकाल जस्तै दुःख दिईरहेको आरोप लगाए । बर्तमान सरकार निरंकुता तर्फ उन्मुख रहेको प्रमणस्वरुप मिडियामाथी अंकुश लगाउने कार्य गरेकोले पनि पुष्ी भएको उनले तर्क गरे । अहिलको सरकार सस्थागत भ्रष्ट्रचारमा लिप्त रहेको आरोप लागए । ५० अर्बका योजना प्रधानमन्त्रीले सिधै दिने गरी बिधेयक दर्ता गराउनु, सुनतस्कारी, बुढीगन्डकी बिद्यतु आयोजना , सिन्डीकेट लागतयका बिषयले पनिे सरकार भ्रष्ट्रचारमा लिप्त रहेको पुष्टी हुने उनले बताए । उनले राष्ट्रियताको खोक्रो नारा दिएर नेकपाले युवाहरुालाई भ्रमा पारेर चुनाव जिन्त सफल भएकोल् त्यसलाइृ कांग्रेसले चिर्नु पर्ने । उता सांसद अभिषेक प्रताप शाहले नेकपामा केपी ओली र प्रचन्ड बिच पदीय बिवादले दरार पैद भएकाले फेरी दुबै पार्टी फुटने दाबी गरे । उनले आउने दशै सम्म यो सरकार फेरिने दाबी गरे । कार्यक्रमममा पार्टी सभापति सुरेन्द्रराज आचार्यले पार्टीका बिभिन्न पदमा रहेको र पार्टीको तर्फबाट स्थानीय निकायमा चुनाव जितेको पदाधिकारीहरु समेत कार्यक्रममा न्युन सहभागी भएकोले आफु धेरै दुःखी भएको बताए । ‘ अब यो तरिकाले पार्टी अघि बढन सक्दैन, कांग्रेसकोु चुनाव चिन्ह लिएर पद लिने अनि कार्यक्रममा समेत नआई र्गैर जिम्मेवार बन्ने ’ उनले अक्रोसित हुदै भने अब हरक कार्यक्रमको लेखाजोखा राखिन्छ ’ । हरेक नेताहरुको कार्यक्रममा उपस्थितिको लिखति रेकर्ड राखिने र त्यसैका आधारमा आगामी दिनमा अवसरहरु दिइने गरी कार्य अघि बाढईएको उनले बताए । उनले दुई तिहाईको सरकारलाई टक्कर दिन कांग्रेसीहरुमा उत्साह आवश्यक रहेको बताए । सो अवसरमा पुर्व पाटीृ जिल्ला सभापतिहरु राजशे आचार्य, सुधाकर पाण्डेय, नेपाल महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा, बुद्धुभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, क्षेत्रीय सभापति अब्दुल मन्नान खा, षेत्रीय सभापति हरिराज घिमिरे, दलित संघका जिल्ला अध्यक्ष डम्मर सिंह सुनार लगातयले पार्टी एक ढिक्का भएर हिडनु पर्ने बताए । कार्यक्रम पाटीृ सभापति आचार्यको अध्यक्षता र सचिव प्रेम बहादुर रायमाझीको संचालनमा भएको थियो ।

सम्बन्धित् समाचार