गृहपृष्ठ खबर कपिलवस्तुमा पहिलो पटक खुल्यो युपिभिसि सामाग्री पाइने फेब्रिकेटिङ्ग ईण्डष्टिज

कपिलवस्तुमा पहिलो पटक खुल्यो युपिभिसि सामाग्री पाइने फेब्रिकेटिङ्ग ईण्डष्टिज

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा पहिलो पटक युपिभिसि सामाग्री पाइने फेब्रिकेटिङ्ग ईण्डष्टिज सञ्चालनमा आएको छ । चार नः जितपुर तौलीहवा रोडमा पहिलो युपिभिसि सामाग्री पाइने लुम्विनि फेब्रिकेटिङ्ग ईण्डष्टिज सञ्चालनमा आएको हो । बुधबार एक कार्यक्रमकाबिच कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले फेब्रिकेटिङ्ग ईण्डष्टिजको उद्यघाटन गरेको युवा समाजसेवि शंकर प्रसाद न्योपानेले जानकारी दिएका छन ।

ब्यवसायी बोम बहादुर कुवंर, नारायण बेल्बासेले र महेन्द्र कुवरले संयुतm रुपमा सञ्चालन गरेको फेब्रिकेटिङ्ग ईण्डष्टिजमा खिया नलाग्ने, बाहिरको आवाज भित्र नआउने, आगलागी नहुने युपिभिसिका सम्पुर्ण सामाग्री उपलब्ध रहेको सञ्चालकहरुले बताएका छन । युपिभिसिका झयाल, ढोेका, पार्टेशन , डवल ग्लेजिङका साथै स्टिल सम्बधी सेवा कपिलवस्तुमा सञ्चालन हुनु निकै खुशी कुरा रहेको बताउदै अव जिल्ला बाहिर जान नपर्ने भएकाले पनि जिल्ला बासीका लागी फेब्रिकेटिङ्ग ईण्डष्टिजको सञ्चालन हुनु महत्वपुर्ण रहेको बरिष्ठ समाजसेवि दोलकराम घिमिरेले बताएका छन । हाल जिल्लामा युपिभिसिका सामाग्री जिल्लामा नहुदा जिल्ला बाहिर गएर ल्याउनुका पर्दा पैसा र समय दुवै बढि लाग्ने गरेकोमा अव सहज हुने सञ्चालक बोम बहादुर कुवंरले बताए ।

सम्बन्धित् समाचार