गृहपृष्ठ Featured सासंद अत्तहर कमालको पहलमा सामुदायिक अस्पतालाई बिभिन्न उपकरण हस्तान्त्रण

सासंद अत्तहर कमालको पहलमा सामुदायिक अस्पतालाई बिभिन्न उपकरण हस्तान्त्रण

प्रकाशित मिति:

नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानको पहलमा कपिलवस्तु सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री उपकरण बितरण गरिएको छ । कमालको पहलमा कतार च्यारिटि नेपालले सामुदायिक अस्पतालाई करिव १३ लाख बराबरको बिभिन्न आवश्यक सामाग्री हस्तान्त्रण गरेको हो ।

युएकजि मेसिन भिडीयो एक्सरे, डेलिभरी बेड, ट्रली, वीलचियर सहित तेह्र लाख चौतिस हजार २ सय ५० रुपैया बराबरको सामाग्री हस्तान्त्रण गरिएको हो । यसअघि पनि सासंद अत्तहर कमाल मुसलवानको सक्रियतामा अस्पताललाई २३ लाख बराबरको बिभिन्न स्वास्थ्य उपकरण हस्तान्त्रण गरिएको थियो । अस्पतालमा भएको हस्तान्त्रण कार्यक्रममा बोल्दै कपिलवस्तु सामुदायिक अस्पतालले जिल्लाकै महत्वपुर्ण स्वास्थ्य केन्द्रका रुपमा आफुलाई स्थापित गरेको बताउदै थप सेवा सुविधा जनता सामु प्रभाव गर्न सबै मिलेर लाग्न आवश्यक बताएका छन । जनताको स्वास्थ्य माथि नेकपा नेपाली काग्रेस नभनी बिकासमा लागे अस्पताललाई पश्चिम नेपालमै सुविधा सम्पनन अस्पतालका रुपमा बिकास गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा कतार च्यारिटि नेपालका कार्यकारी प्रवन्धक इरसाद सेख, बाणगंगा नगरपालिका वडा नः ४ वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष राम जि सेन, बरिष्ठ उपाध्यक्ष राम प्रसाद गैरे, महासचिव पोम नारायण पौडेल लगायतले बोल्दै सासंद अत्तहर कमाल मुसलवानले अस्पतालको बिकासका लागी गरेको योगदानको चर्चा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा यस क्षेत्रका ३० जना बढि सरोकारवालाहरुको सहभागिता रहेको थियो । हस्तान्त्रण कार्यक्रमको सहजीकरण लिडो नेपालले गरेको थियो ।

सम्बन्धित् समाचार