गृहपृष्ठ Featured कपिलबस्तुमा लागुऔषध मुद्दाकी फरार अभियुक्त ६ंं वर्ष पछि पक्राउ

कपिलबस्तुमा लागुऔषध मुद्दाकी फरार अभियुक्त ६ंं वर्ष पछि पक्राउ

प्रकाशित मिति:

यति बेला कपिलबस्तु प्रहरी विभिन्न अपराधिक गतिविधि गर्ने नियन्त्रण गर्न लगेको छ । पछिल्लो समयमा कपिलवस्तुको प्रहरी टोलीले अदालत बाट कैद तथा जरिवाना तोकिएका व्यक्तिहरु लाई पक्राउ गर्ने अभियान चलाएको छ ।
अभियानको क्रममा २०६८ असार २८ गते सम्मानित कपिलवस्तु जिल्ला अदालतको फैसलाले लागु औषध हिरोईन मुद्धामा ६ बर्ष कैद र १० हजार रुपैया जरिवाना तोकेको थियो ।
सोही अवसरमा लागुऔषध गाँजा चरेश मुद्दाका फरार अभियुक्त ६ंं वर्ष पछि जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले पक्राउ गरेका छ । उक्त अभियुक्तलाई २०६९ बैशाख २८ गते सम्मानित कपिलवस्तु जिल्ला अदालतको फैसलाले लागुऔषध गाँजा चरेश मुद्दामा ५ बर्ष कैद र ५,००० जरिवाना फैसला गरेको थियो ।
फरार रहेकी जिल्ला कपिलवस्तु साविक कपिलवस्तु नगरपालिका वडा नं.०१ हाल कपिलवस्तु नगरपालिका वडा नं.०२ वस्ने वर्ष ४० की सन्जु भन्ने राधा कहारलाई प्रहरीले शनिबार पक्राउ गरि जिल्ला अदालतमा बुझाईएको छ ।
यस्ता मुद्धामा फरार अभियुक्तलाई सुचना पाउने वितिकै पक्राउ गरिने प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले बताउनुभएको छ ।
कपिलबस्तुमा लागु, औषध, डाका मुद्धा, वन मुद्धा,जघन्य अपराध लगायतका मुद्धाका ५ सय जना भन्दा बढि फरार रहेका छन् ।

सम्बन्धित् समाचार