गृहपृष्ठ Featured कपिलबस्तुमा लागुऔषध मुद्दाकी फरार अभियुक्त ६ंं वर्ष पछि पक्राउ

कपिलबस्तुमा लागुऔषध मुद्दाकी फरार अभियुक्त ६ंं वर्ष पछि पक्राउ

यति बेला कपिलबस्तु प्रहरी विभिन्न अपराधिक गतिविधि गर्ने नियन्त्रण गर्न लगेको छ । पछिल्लो समयमा कपिलवस्तुको प्रहरी टोलीले अदालत बाट कैद तथा जरिवाना तोकिएका व्यक्तिहरु लाई पक्राउ गर्ने अभियान चलाएको छ ।
अभियानको क्रममा २०६८ असार २८ गते सम्मानित कपिलवस्तु जिल्ला अदालतको फैसलाले लागु औषध हिरोईन मुद्धामा ६ बर्ष कैद र १० हजार रुपैया जरिवाना तोकेको थियो ।
सोही अवसरमा लागुऔषध गाँजा चरेश मुद्दाका फरार अभियुक्त ६ंं वर्ष पछि जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले पक्राउ गरेका छ । उक्त अभियुक्तलाई २०६९ बैशाख २८ गते सम्मानित कपिलवस्तु जिल्ला अदालतको फैसलाले लागुऔषध गाँजा चरेश मुद्दामा ५ बर्ष कैद र ५,००० जरिवाना फैसला गरेको थियो ।
फरार रहेकी जिल्ला कपिलवस्तु साविक कपिलवस्तु नगरपालिका वडा नं.०१ हाल कपिलवस्तु नगरपालिका वडा नं.०२ वस्ने वर्ष ४० की सन्जु भन्ने राधा कहारलाई प्रहरीले शनिबार पक्राउ गरि जिल्ला अदालतमा बुझाईएको छ ।
यस्ता मुद्धामा फरार अभियुक्तलाई सुचना पाउने वितिकै पक्राउ गरिने प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले बताउनुभएको छ ।
कपिलबस्तुमा लागु, औषध, डाका मुद्धा, वन मुद्धा,जघन्य अपराध लगायतका मुद्धाका ५ सय जना भन्दा बढि फरार रहेका छन् ।

सम्बन्धित् समाचार