गृहपृष्ठ खबर भूपू सैनिक बोर्डीङ स्कूल वाणगंगामा विद्यार्थी सम्मान

भूपू सैनिक बोर्डीङ स्कूल वाणगंगामा विद्यार्थी सम्मान

प्रकाशित मिति:

भूपू सैनिक बोर्डीङ स्कूल वाणगंगामा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले २०७५ सालको एस इइ परीक्षामा उत्कृष्ट अंक सहित सफल भएका विद्यार्थीलाई शुभकामना सहित सम्मान गरेको छ ।सो सम्मान कार्यक्रममा ए प्लस ल्याउने सीमा पौडेल, संगीत अर्याल सहित २६ जना उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई उज्जवल भविष्यको कामना सहित सम्मान कार्यक्रम राखिएको विद्यालयले जनाएको छ ।सो कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्नुहुँदै विद्यालय व्यावस्थापन समितिका भूत पूर्व अध्यक्ष बलबहादुर थापाले विद्यार्थीको यो सफलता विद्यालयको सफलता भएको बताउँदै उहाँले विद्यार्थी र विद्यालयलाई प्रशंसा गर्नुभएको थियो । साथै थापाले विद्यार्थीको उज्जवल भविष्यको प्रगतिको समेत कामना समेत गर्नुभएको थियो ।
यस्तै सो कार्यक्रममा विद्यार्थी सीमा पौडेलले मन्तव्य दिँदै विद्यालयका सम्पूर्ण शिक्षक शिक्षीकाहरुलाई धन्यवाद दिनुभएको थियो । उहाँले गुरुहरुले देखाएको बाटो र मेहनतले आफू यो स्थानसम्म आउन सफल भएकोमा गुरुहरुको प्रशंसा समेत गर्नुभएको थियो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक राजकुमार क्षेत्रीको अध्यक्षता, विद्यालय व्यावस्थापन समितिका भूत पूर्व अध्यक्ष बलबहादुर थापाको प्रमुख आतिथ्यता, विद्यालय व्यावस्थापन समितिका वर्तमान उपाध्यक्ष धनबहादुर मिदुन, तीलबहादुर झेडीको विशिष्ट आतिथ्यता, कृष्णकुमार खनाल लगायत सम्पूर्ण शिक्षक शिक्षीकाहरुको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका शिक्षीका एलिना बन्जाडेको स्वागत मन्तव्य र कृष्ण अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार