गृहपृष्ठ Featured १७ गते देशभरका निजि प्राविधिक शिक्षालयमा बिदा

१७ गते देशभरका निजि प्राविधिक शिक्षालयमा बिदा

प्रकाशित मिति:

१७ गते देशभरका निजि प्राविधिक शिक्षालय बन्द हुने भएका छन । आज असार १६ गते नवलपरासिको कावासोतीमा भएको र्दुघटनामा परि दाउन्ने टेक्नीकल इन्स्टिचयुट बर्दघाटका प्रिन्सिपल मिलन भट्टराईको निधन प्रति शोक सभा गरी हरेक शिक्षालय बन्द हुने भएको हो । प्रदेश नः ५ का निजि प्राविधिक शिक्षालयका अध्यक्ष अरुण पाण्डेद्धारा निकालिएको बिज्ञप्तीमा १७ गते मगंलबार निजि प्राविधिक शिक्षालय बन्द हुने उल्लेख गरिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती – ८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले लु ४८ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका – ७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकल पछाडी बस्ने ३३ वर्षीय तारा पोखरेलको मृत्यु भएको हो ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार