गृहपृष्ठ Featured वडा नं २ को बैजलपुर सामुदायीक बनले कृषकलाई बाडयो मलखाद

वडा नं २ को बैजलपुर सामुदायीक बनले कृषकलाई बाडयो मलखाद

प्रकाशित मिति:

बाणगंगा नगरपालिका वडा नं २ को बैजलपुर सामुदायीक वन उपभोक्ता समुहले वडाका कृषकलाई मलखाद वितरण गरेको छ । सामुदायीक वनले कृषक हरुको समस्यालाई मध्यनजर गर्दै डिएपि र युरिया मल वितरण गरेको हो । वनले वडाका कृषहरुको समस्या बुभ्mदै पाँच कट्टा सम्म १० किलो डिएपि र ५ किलो युरिया सहयोग गरेको सामुदायिक बनका अध्यक्ष सत्यनारायण चौधरी जानकारी दिउ । पाँच कट्टा भन्दा माथि लैजान चाहेमा पचास प्रतिशत छुट दिई अनुदान स्वरुप मल बितरण गरिएको कोषाध्यक्ष रेम बहादुर रेश्मीले बताए । वनले करिब ३८४जना कृषकहरु लाई ६० कुइन्टल डिएपि र ३० कुईन्टल युरिया मल वितरण गर्ने र कृषका समस्या लाई आफ्नो समस्या को रुपमा लिएको वैखरी अनलाइनलाई सामुदायिक बनले जानकारी दिएको छ

सम्बन्धित् समाचार