गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाको आ.व. ०७६/०७७ को बजेट सार्वजनिक,

बाणगंगा नगरपालिकाको आ.व. ०७६/०७७ को बजेट सार्वजनिक,

प्रकाशित मिति:

कपिलवस्तु, असार १७

बाणगंगा नगरपालिकाले आव ०७६÷०७७ का लागि १ अर्व १२ करोड ४७ लाखको बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाको वडा नं. १ मा रहेको मायादेवी रिर्सोटमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले उक्त बजेट सार्वजनिक गर्नुभएको थियो । संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण, सर्शत अनुदान, राजश्व बाँडफाड, समपुरक अनुदान, विशेष अनुदान, मौज्दात रकम, आन्तिरिक आय र लगत सहभागीता लगायतका विषयमा १ अर्व १२ करोड ४७ लाखको बजेट प्रस्तुत गरिएको हो । जसमा चालु खर्च तर्फ ५९ करोड ९५ लाख ८ हजार रकम छुट्याइएको छ ।

क्षेत्रगत वजेट विनियोजन अनुसार आर्थिक विकास कार्यक्रमका लागि ५ करोड २९ लाख, सामाजिक विकास तर्फ ४९ करोड ८ लाख, पूर्वाधार तर्फ ३३ करोड ७२ लाख, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ३ करोड २१ लाख, वडा स्तरीय योजनाका लागि ११ करोड र बाँकी रकम संस्थागत विकास तथा मानव संशाधन तर्फ विनियोजन गरिएको छ ।

नगरपालिकाबाट सार्वजनिक भएको बजेटमा नगरको पूर्वाधार संगसंगै शिक्षा, स्वास्थ्य, वन तथा वातावरण र आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ । असार १० गते बसेको पाचौं नगरसभाको पहिलो बैठकद्धारा पारित नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गरिएको नगरपालिकाको दाबी छ ।

नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता, कृषि तथा पशुपंक्षी मन्त्री चत्रपाणी खनाल वलदेवको प्रमुख आतिथ्यता, संघीय सांसद अतर कमाल, प्रदेश सांसद विष्णु पन्थी, नेकपाका केन्द्रिय सदस्य विमला घिमिरे, नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला समन्वय समितीकी उप सभापति तारावती चौधरी, नेपाली कांग्रेसका कार्यबाहक नगर सभापति विष्णु थापा, कपिलवस्तु उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष उमानाथ पौडेल लगायतले मन्तव्य दिँदै पाँचौ नगर सभाबाट विनियोजित योजनाबाट नगरको सम्पूर्ण कोमाके सफलताको सुभकामाना व्यक्त गर्नुभएको थियो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल‘बलदेव’ ले बजेट कार्यान्वयनमा वाणगंगाले पारदर्शिता देखाएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले वाणगंगाा नगरपालिकालाई कृषि अनुसन्धान केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको थियो । नगरले ल्याएको बजेटमा सबै क्षेत्र समेटिएको भन्दै उहाँले अझै बजेटलाई एकत्रित गरेर परिणाम देखिने गरी छुट्याउन आग्रह समेत गर्नुभयो । वाणगंगा नगरपालिकाको आव ०७६÷०७७ को बजेट सार्वजनिक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रदेश सांसद विष्णु पन्थीले वाणगंगालाई देशकै उत्कृष्ट बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक बर्ष ०७६÷०७७ को बजेटले धेरै क्षेत्रलाई समेटिएको र यो उत्कृष्ट बजेट भएको उहाँले बताउनुभयो । सबै हिसाबमा वाणगंगा अगाडि रहेको भन्दै अब सिंगो कपिलवस्तुको मुहार फेर्नका लागि वाणगंगामा छुट्टै योजनाको सुरुवात गर्नुपर्ने स्पष्ट पार्नु भएको थियो ।

प्रतिनिधिसभा सदस्य अतहर कमाल मुसलमानले वाणगंगाले ल्याएको बजेट सामाजिक न्यायको हिसाबले उत्तम रहेको प्रतिक्रिया दिनुभयो । बजेटमा विनियोजन शिर्षक हेर्दा आफुलाई निकै राम्रो लागेको भन्दै अब बजेट कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो ।

सम्बन्धित् समाचार