गृहपृष्ठ Featured हिलवर्ट र्बोडिङ स्कुलले एसइइमा सफल विद्यार्थीहरुलाई सम्मान

हिलवर्ट र्बोडिङ स्कुलले एसइइमा सफल विद्यार्थीहरुलाई सम्मान

प्रकाशित मिति:

हिलवर्ट इङिलस र्बोडिङ  स्कुलले एक समारोहका बीच आज बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । २०७५ सालको एसइइ परीक्षामा उत्कृष्ट नम्बर ल्याएर उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बेल्नुहुँदै प्रदेश संसाद विष्णु पन्थीले विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नुभएको थियो । उहाँले विद्यार्थी र विद्यालयको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयमा अध्ययनरत विद्यार्थीले जिल्लाकै नाम उच्च राख्न सक्ने कुरा ष्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्याववस्थापन समितिका अध्यक्ष दिपक खनालको अध्यक्षता, प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता, वाणगंगा नगरपािलका वडा नं २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, शिक्षा समन्वय समितिका प्रमुख बाबुराम भट्टराई, नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसिको विशिष्ट आतिथ्यता रहेको थियो । यस्त्ै सो कार्यक्रममा विद्यालय संचालक, पत्रकार शिक्षकशिक्षीकाहरुको आतिथ्यता रहेको थियो । विद्यालयका प्रधानाध्यापक कमल पौडेलको स्वागत मन्तव्य रहेको कार्यत्रमको संचालन विद्यालयका कार्यक्रम संयोजक युवराज खनालले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार