गृहपृष्ठ Featured वाणगंगा नगरपालिकाको उत्कृष्ट विकास पत्रकारीतावाट पाण्डे पुरस्कृत

वाणगंगा नगरपालिकाको उत्कृष्ट विकास पत्रकारीतावाट पाण्डे पुरस्कृत

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघ कपिलवस्तुको उपाध्यक्ष पार्वती पाण्डे वाणगंगा नगरपालिकाको उत्कृष्ट विकास पत्रकारीता पुरस्कारवाट सम्मानित हुनु भएको छ । विगत १७ बर्षदेखि ब्यवसायीक रुपमा सकृय पत्रकारीता गर्दै आउनु भएका पाण्डे विगत ४ वर्ष देखि बुद्धदर्पण दैनिकको कार्यकारी सम्पादक हुदै सम्पादक बन्नु भएको हो । उहाँ संचारीका समुह प्रदेश ५को अध्यक्ष समेत हुनु हुन्छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको उपाध्यक्ष र सामुदायिक टेलिभिजन बुद्ध आवाजको कार्यक्रम संचालिका समेत रहनु भएकोछ । पाण्डेले नगद रु १५ हजार सहित दोसल्ला र सम्मानपत्र पाउनु भएको हो । अग्रज पत्रकार पार्वती पाण्डेलाई विकास पत्रकारीता पुरस्कार संघिय सांसद अत्तहर कमाल,प्रदेश सांसद विष्णु पन्थी र वाणगंगाका मेयर मंग प्रसाद थारुले संयुक्त रुपमा वितरण गर्नु भएको हो ।

सम्बन्धित् समाचार