गृहपृष्ठ Featured नेपालभरबाट हज यात्रामा १२ सय जना, कपिलवस्तुबाट सबै भन्दा बढी हजयात्री

नेपालभरबाट हज यात्रामा १२ सय जना, कपिलवस्तुबाट सबै भन्दा बढी हजयात्री

प्रकाशित मिति:

यस बर्ष नेपालभरबाट १२ सय जना हजयात्री साउदी अरबको मक्का मदिना जाने भएका छन । २६ जिल्लाबाट हज यात्रामा जाने तयारी गरेका हुन । केन्द्रिय हज कमिटी बैठकले विभिन्न २६ जिल्लाबाट उनीहरुलाई हज गर्न जान छनौट गरेको हो । गत बर्ष पनि १२ सय जना हज यात्रामा गएका थिए । ३ बर्ष अघि सम्म नेपालबाट एक हजार जना मात्र हज गर्न मक्का जाने गरेका थिए । हज यात्री, हज कमिटीका सदस्य र प्राबिधिक समेत समाबेश छन । यात्रामा ११ जना प्रतिनिधि समेत छन । केन्द्रिय हज कमिटिीले गत असार १५ गते जारी गरेको सुचना अनुसार यस वर्ष कपिलवस्तुबाट सबै भन्दा बढी २ सय २२ जना यात्रामा जान लागेका हुन । यस्तै रुपन्देहीबाट १ सय ८३ , सुनसरीबाट १ सय २६, बाकेबाट १ सय २३, रौतहबाट १ सय २७ जना हज यात्रामा जाने छन । काठमाडौं सिरहा सप्तरी मोरंग धनुषा पुवीृ र पश्चिम नवलपरासी महोत्तरी बाट हजमा जानेछन । बारा सर्लाही सप्तरी गोरखा झापा दाङ स्याग्जा, अर्घाखा“ची पाल्पा कास्की, तनहु धनुषा, सिराहा, हज यात्रामा जान पाउने छन् । जिल्लाबाट हज गर्न जानलागि २ सय २२ जा जना छनौटमा परेको जिल्ला प्रशासन कार्यालयका नासु गिरिराज आचार्यले बताए । गत बर्ष आबेदन दिएर पनि जान नपाएका १ सय ४७ र नया आबेदक मध्ये ७५ जना छनौटमा परेको आचार्यले बताए । यस बाषर्् जिल्लाबाट हजकालागि १ सय ७४ जनाको आबेदन परेको थियो । मुस्लिम बहुल क्षेत्र भएकाले जिल्लाबाट हजयात्रामा जानेहरु नेपालमै सबैभन्दा बढी हुनेगर्छन् । देशभरबाट दुई हजार बढी आबेदन परेको थियो । देशभरका हजयात्री ७ चरणमा जुलाई १८ देखि २५ जुलाई तारिख सम्म मक्काकालागि प्रस्थान गर्नेछन् । दैनिक ढेड सय जनाका दरले उठान भर्नेछन । हजयात्री काठमाडौ–युएई हुदै साउदीको जेद्दा पुग्नेछ । चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि पैगम्बर मोहम्मदको जन्म स्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज अदा गर्ने छन् । त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढे पछि हज पुरा हुनेछ । प्रति हज यात्रीले २ लाख ३० हजार रकम तिरेका हुन । हय यात्रा गरेकालाइृ हाजी भनिन्छ । हज यात्रीलेसंगै आफना श्रीमती र सहयोगीहरुलाई समते लाने गरेको छन । मुस्लिम समुदायले जीवनमा कम्तीमा एक पटक मक्का मदिना जाने चहाना राख्छन । अति गरीब परिवारले समेत रिन सरसापटक समेत लिएर मक्का मदिना ाजने गरेको पाईएको छ ।

सम्बन्धित् समाचार