गृहपृष्ठ Featured थापा परिवारको उदारणीय काम

थापा परिवारको उदारणीय काम

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा नम्वर ९ जिनुवामा थापा परिवारले उदारणीय काम गरेका छन् । स्वर्गीय क्यापटेन गिरमान सिंह थापा र तिल कुमारी थापाको परिवारले विद्यालयमा अक्षयकोषको तर्फबाट श्री शुद्धोदन जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेर उदारणिय कामको सुरुवात गरेको हो । वाणगंगा नगरपालिका वडा नम्बर ९ का समुदायिक विद्यालयहरु मध्ये यसरी अक्षयकोषबाट छात्रवृति वितरण गरको पहिलो पटक हो ।

छात्रवृत्ति वितरण पछि सामुहिक फोटो

अक्षयकोष सञ्चालक समिति सञ्चालक ठमनसिंह थापाको अध्यक्षता , वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष धुर्व बेल्वासेको प्रमुख आथितियता रहेको कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्य तथा ने.क.पा पार्टी जिल्ला सदस्य कुमार मधु बेल्वासे , समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य नारायण खनाल , नेपाली काङ्ग्रेस पुर्व वडा सभापर्ती दिनामणी आचार्य तथा विभिन्न राजनैतिक दलका प्रतिनिधहरुको विशिष्ट आथितियता , विद्यालयका जग्गादाताहरु , पुर्व व्यवस्थापक समिति सदस्यहरु , शिक्षक अभिभावक संघका अध्यक्ष कुन्तामणि भुसाल , विभिन्न विद्यालयका प्रध्याध्यापक लगायतको आथितियता कार्यक्रममा रहेको थियो ।
अक्षयकोषबाट संकलन भएको रकम मध्ये विद्यालयले विभिन्न क्षेत्रबाट छुट्टाएका विद्यार्थीहरु मध्ये ४ जनालाई दश हजारका रुपले छात्रवृत्ति वितरण गरिएको थियो । छात्रावृत्ति पाउनेहरुमा वविता वि.क कक्षा १० , गोकुल थापा कक्षा ९ , माधव थापा कक्षा ७ र सरोज न्यौपाने कक्षा १० लाई छात्रवृत्ति वितरण गरेको हो । थापा परिवार मध्ये कृष्ण थापाको विशेष पहलमा छात्रवृत्ति वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्वासेले थापा परिवारले गरेको काम निकै उदाहरणीय भएको र यस्ता कार्यक्रमहरुले अन्य विद्यार्थीमा थप प्रेरण प्रदान गर्ने र अगामि दिनहरुमा विद्यार्थीहरुको शिक्षामा गरेको लगानि नै सबै भन्दा ठुलो रहेको बताउदै कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य नारायण खनालले पनि कार्यक्रमको निकै प्रशास गर्नुुभएको थियो । उहाँले भन्नुभयो यस्ता कार्यक्रमहरुले विद्यार्थी जिवनमा शिक्षाको महत्व दिने कुरा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापन गदैँ कार्यक्रमका अध्यक्ष थापाले विद्यार्थी जिवन नै शिक्षा हो , शिक्षाले नै मानिसको जिवन सफल बनाउने भन्दै शिक्षामा गरेको दान अन्य दान भन्दा ठुलो रहेको बताउदै अर्को पटक कार्यक्रममा भएको कमिकमजोरी हटाई कार्यक्रम भव्य रुपमा आयोजना गर्ने बाचा गर्नुभएको थियो ।
कार्यक्रम श्री शुद्धोदन जनजीवन माध्यमिक विद्यालयका प्रध्याध्यापक टेकलाल अधिकारीको स्वागत मन्तव्य तथा शिक्षिका रामप्यारी पौडेलको सञ्चालनमा समापन भएको थियो ।

सम्बन्धित् समाचार