सुठौली भन्सारमा क्वारेन्टाईको कार्यालय नहुदा भन्सारको राजस्व निरन्तर घटदै गएको छ । सरकारले चालु आर्थिक बर्षमा भन्सारको स्त्तोरोन्ती गरेको थियो । तर क्वारेन्टाइृन भने नदिदा भन्सारको राजस्व संकलन नराम्ररी प्रभावित भएको छ । दुइृ महिना अघि सम्म क्वारेनटईन कार्यालय नभए पनि भैहरवा र कृषण्नगरबाट आएका प्रनिनिधिहरुले चेकजा गरी कृषिजन्य पदार्थहरु आयत हुने गरेको थियो । त्या पनि बन्द भए पछि अहिले भन्सार कार्यालयको राजसव संकलनमा असर परको सुठौली भन्सारका प्रमुख तीर्थराज पासवानले बताए । चाल आर्थिक बर्षको फागुनमा ४ करोड ३५ लाख राजव उठेो थियो । चैतमा ४ करोड ६० लाख , बैशाखमा ३ करोड ३२ लाख तथा जेठमा २ करोड २९ लाख राजूसव सर्कलन भएको थियो । क्वारेन्टाई नहुदा दैनिक र मासिक राजस्व सकंलनमा कमी आएको भन्सार प्रमुख तीर्थराज पासवनाले बताए । उता जिल्लााको यशोधरा गाउपालि स्थित सुठौली भन्सार कार्यालयमा ८० प्रतिशत बढी राजस्व कृषिजन्य सामाग्रीबाट उठने गरेको छ । तर त्यहा अहिले सम्म कृषि र पशु क्वारेन्टाईन भने छैन । सरकारले स्त्तोरोन्नती गरी भन्सार कार्याल बनाए पछि क्वारेन्टार्इृन नदिदा ब्यापारी र भन्सार कार्यालयका कर्मचारीहर समस्यामा परेका छन । चालु आर्थिक बर्षको असोज देखि स्त्तोरोन्ती गरिएको सुठौली भन्सार कार्यालयमा क्वारेन्टाईन कार्यालय नहुदा ब्यापारीहरु समस्यामा परेका हुन । स्तारोन्नतीको निर्णय सगै गत असोज ८ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उदघाटन गरेको सुठौली भंसार कार्यालयमा क्वारेन्टाईन नहुदाँ समस्या परेको हो । सदरमुकाम तौलिहवा जोडिएको सुठौली छोटी भंसार कार्यालयको स्तरोन्नती गरिए पनि खाद्य र पशु क्वारेन्टाईनको स्थापना हुन सकको छैन । जसले गर्दा तौलिहवा मर्यादपुर सडकखण्डमा घण्टौ सम्म नेपाल भित्रिने मालबाहक सवारी लाम लाग्ने गरेका छन । अहिले खाधान्न, पशु र तरकारी लगायतका सामाग्री भारतबाट आयात गर्ने व्यवसायीले पशुको क्यारेन्टाईन गर्न कृष्णनगर र खाद्यान्नको क्यारेन्टाईनका लागी क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवा धाउनु पर्ने बाध्यता छ । क्वारेन्टाईन अभावमा माल बाहक सवारी साधन पार्किङ्गका कारण सडक आवागमनमा समस्या भई दुर्घटनाको सम्भावना बढेको स्थानिय बताउछन । हाल मकै र सोया डियोसी लगायतको क्वारेन्टाईन कृष्णनगर स्थित क्यारेन्टाईन कार्यालयले र आलु, पियाज र तथा तरकारीको क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट क्यारेन्टाईन पास दिईदै आएको भन्सार कार्यालयका प्रमुख तिर्थराज पासवानले बताए । क्वारेन्टाईन नहुदा आफुुहरुलाई निकै समस्या भएको स्थानीय ब्यपारी मतिबुल्लाह मुसलमानले गुनासो गरे । क्यारेन्टाईनकै लागी समय बढि लाग्दा सवारी र कामदारका लागी बढि मुल्य लाग्दा आफुहरु पनि समस्यामा परेको उनले बताए । भंसार स्तरोन्नती पछि पनि क्वारेन्टाईन कार्यालय र भंसारमा प्रयाप्त पाकिङ्गस्थल नहुदाँ आफूहरुले जाँचपास गराई भंसार महसुल तिर्न दिनभर लाग्ने गरेको भंसार प्रतिनिधी कमाल हसन खाँले बताए । भैरहवा र कृष्णनगरबाट क्वारेन्टाईका कर्मचारीहरु नआई भन्सार नै हुदैन, हामीलाई निर्क गाह्रो भो ’ उनल भने । ‘ भन्सार कार्यालय दिने तर क्वारेन्टाईन नदिने यो कस्तो निर्णय हो उनले भने । भन्सार प्रतिनिधि कमल हसनले क्वारेन्टाईन नहदा ब्यापारीहरुलाइृ अनावश्यक झंझट हुने गरेको बताए । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुमीले सुठौली भन्सारमा क्वारेन्टाईन नहदा ब्यापारीहरुलाइृ कारोवार नर्ग कठिनाई भएको बताए । ‘ स्त्तोरोन्नती भएको १० महिना हुदा पनि अझ सम्म क्वारेन्टाईन दिईएको र्छैन, यो दुःखद कुरा हो ’ उनले भने । उनले सुठौलीमा चाडै क्वारेन्टाई कार्यालय स्थापना हुदुन पर्ने बताए । भन्सार प्रमुख पासवानले क्वारेन्टाईन नहुदा ब्यपारीहरु मर्कामा परेको बताए । उनले यसले गर्दा यो नाकाको राजस्वमा पनि ठलो प्रभाव परेको बताए । अर्थमन्त्रालयमा यस बिषयमा पटक पकट ध्यानाकष्र्ण गए पनि कुनै निकास नआएको उनले गुनासो गरे । नाकाको प्रमुख आम्दानीको श्रोतकारुपमा रहेका कृषिको आयात नै क्वारेन्टाईन नहुदा रोकिएको उनले बताए ।
सुठौली भन्सारमा क्वारेन्टाईको कार्यालय नहुदा भन्सारको राजस्व निरन्तर घटदै
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनेपाली क्रिकेट टिमबाट शरदको सन्न्यास
१९ मिनेट अघि
ग्रिजमनप्रेरित एट्लेटिकोलाई तीन अंक
२१ मिनेट अघि
मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टरमियामी सेमिफाइनलमा
२४ मिनेट अघि










