गृहपृष्ठ Featured बुद्धभुमि को रामघाट धाममा धर्मशाला समुदघाटन

बुद्धभुमि को रामघाट धाममा धर्मशाला समुदघाटन

प्रकाशित मिति:

धर्मशाला समुदघाटन समारोह कार्यक्रम आज बुद्धभुमि नगरपालिका वडा नम्बर १० कोरामघाट धाममा  सम्पन्न भएको छ । धर्मशालालाई प्रदेश नम्बर ५ का सामाजिक विकास समितिका सयोजक दिर्घनारयण पाण्डेय , प्रतिनिधि संसद बृजेश कुमार गुप्ता, प्रदेश संसद धर्म बहादुर लाल श्रीवास्ताव , कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल र कपिलवस्तु नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम भजन कलवार ले सयुक्त रुपाम समुदघाटन गर्नुभएको थियो ।

छोटो समयमा धर्मशाला निमार्ण सम्पन्न गरको मा निर्माण समिति का अध्यक्ष कार्मचारी कुर्मी लगएत लाई धन्यवद दिदै अगामी दिनमा यस्तो कार्य गर्न को लागी अफुले सदा सहयोग गर्ने र बोलबंम कावँर को लागी आउने काँवरीय शद्र्धलु को लागि आईतवार र सोमावार प्रसाद मा सहयोग गर्ने कपिलवस्तु नगरपालिका वडा १ का अध्यक्ष सुदीप पौडेल प्रतिबद्धता जनाउनुभएको थियो ।

धर्मशाला समुदघाटन

समयमा धर्मशाला निर्माण गरेकोमा धन्यवद दिदै अगामी दिनमा अझै ठुलो धर्मशाला निर्माण हुन सक्ने प्रदेश नम्बर ५ का सामाजिक विकास समितिका सयोजक दिर्घनारयण पाण्डेय बताउनु भएको थियो ।

कुनै पनि काम गर्दा इच्छशक्तिले गरेमा आवश्य नै सफाल भाइन्छ ,कुनै पनि विकास का काम गर्दा धेरै जानले अबरोध गर्ने गरेको र अहिले एउटा धर्मशाला निर्माण गरेर रामघाट धाममा को विकास नहुने, यसको विकास गर्न अझै धेरै विकास निर्माण काम गर्न जरुरी रहेको र सबैले मिलेर काम गरेमा रामघाट धाम विकास मा फडको मर्ने प्रदेश संसद धर्म बहादुर लाल श्रीवास्तावले बताउनुभएको थियो ।

तौलेश्वरनाथ मन्दिरमा रहेको शिवलिङ्ग एसियाकै ठुलो शिवलिङ्ग मन्ने गरिन्छ तर यसको प्रचार प्रसार कम भएको प्रतिनिधि संसद बृजेश कुमार गुप्ताले बताउनुभएको थियो । बोलबंम काँवर जाल यात्राले गर्दा तौलेश्वरनाथ मन्दिर को धेरै प्रचार प्रसार भएको र अउने दिनमा यो एउटा ठुलो धममा आवश्य नै परिणता हुने गुप्ताले बतउनुभयो । रामघाट नदीमा लाहस जलाउने गरिन्छ त्यसैले रामघाटलाई मुक्ति धाम र स्वार्गद्धारी निमार्ण गर्ने छलफल भाइरहेको उनले अघि भने ।

 

२० वाई ४२ को धर्मशाला निमार्ण गर्नको लागि सामाजिक विकास मन्त्रलय प्रदेश नम्बर ५ बाट १० लाख दिएको र हामीले ४० वाई ४२ को धर्मशाला निमार्ण गरेको जासमा १२ लाख ६० हजार खर्च लगेको धर्मशाला निर्माण समिति का अध्यक्ष कर्मचारी कुर्मीले जानकारी दिनुभएको छ ।

श्री तौलेश्वरनाथ बोलबंम काँवर जल यात्रा समिति कपिलवस्तु अध्यक्ष कार्माचरी कुर्मी को अध्यक्षता र प्रतिनिधि संसद बृजेश कुमार गुप्ता को प्रमुख अतिथतामा कार्यक्रम भएको थियो । प्रदेश नम्बर ५ का सामाजिक विकास समितिका समयोजक दिर्घनारयण पाण्डेय , प्रदेश संसद धर्म बहादुर लाल श्रीवास्तावको कार्यक्रममा विशिष्ट्र अतिथता रहेको थियो । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल र कपिलवस्तु नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम भजन कलवार लागएत अतिथता रहेको थियो भने कार्यक्रम को संचालन बनार्सी बर्माले गर्नुभएको थियो । सामाजिक विकास मन्त्रलाय प्रदेश नम्बर ५ को सहयोग र श्री तौलेश्वरनाथ बोलबंम काँवर जल यात्रा समिति कपिलवस्तु को आयोजन मा कार्यक्रम भएको थियो ।

सम्बन्धित् समाचार