गृहपृष्ठ Featured जिल्लामै सबैभन्दा धेरै ए+ ग्रेड ल्याउन सफल होराइजन मा.वि.मा एस.ई.ई. दिक्षित सम्मान कार्यक्रम सम्पन्न

जिल्लामै सबैभन्दा धेरै ए+ ग्रेड ल्याउन सफल होराइजन मा.वि.मा एस.ई.ई. दिक्षित सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बाणगंगा–४ सिद्धिपुरमा अवस्थित होराइजन माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी आज एस.ई.ई.२०७५ मा उत्तीर्ण विद्यार्थीहरुलाई एस.ई.ई. दिक्षित सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाणगंगा नगरपालिकाका शिक्षा ईकाई प्रमुख बाबुराम भट्टराईले जिल्लामै सबैभन्दा धेरै ए+ ग्रेडमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा बधाइ दिनुभएको थियो । पुरानो प्रणाली अनुसार सबैले फस्ट डिभिजन नम्बर प्राप्त गरेको र हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले उत्कृष्टता हासिल गरेकोमा प्रशसा गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट मन्तव्य राख्दैै खिम बहादुर जि.सी., कविराज भण्डारी, गजेहडा मा.वि.का राम प्रसाद भण्डारी लगायतले एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरुलाई उज्जवल भविष्यको कामना गर्नुभएको थियो ।

यस्तै विद्यालयका प्राचार्य बासुदेव घिमिरेले होराइजन जिल्लाकै शैक्षिक धरोहर भएको बताउनुभयो । उहाँले आगामी दिनमा जिल्लामा शैक्षिक क्षेत्रमा नमुना कार्य गर्दै जाने स्पष्ट पार्दैै एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरुलाई उज्जवल भविष्यको कामना गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका सल्लाहकार विष्णु प्रसाद न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा कमल प्रसाद पोख्रेलको स्वागत तथा पदम ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार