गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिका वडा नं. ९ द्धारा ज्येष्ठ नागरिकलाई छाता र लाईट प्रदान

कपिलवस्तु नगरपालिका वडा नं. ९ द्धारा ज्येष्ठ नागरिकलाई छाता र लाईट प्रदान

प्रकाशित मिति:

कपिलवस्तु नगरपालिका वडा नं. ९ को वडाकार्यालय जगदिश्पुरले वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई सहजताका लागि एक एक ओटा छाता र लाईट प्रदान गरेको छ । वर्षायाम सुरु भएसंगै ज्येष्ठ नागरिकहरुलाई पानिबाट बच्नका लागि छाता र रातीमा यात्रा गर्न सहायता पु¥याउँने उद्देश्यका साथ उक्त सामाग्रि प्रदान गरिएको हो ।

वडा भित्र रहेका २ सय २५ जना वृद्धवृद्धाहरुलाई सामाग्रि वितरण गरिएको वडाअध्यक्ष शिव बहादुर वाग्लेले जानकारी दिएका छन् । सामाग्रि पाएसंगै ७० बर्ष नाघेका ज्येष्ठ नागरिकहरु हर्षित हुँदै वडाअध्यक्षलाई धन्यवाद दिएका छन् ।

वडाअध्यक्षले वृद्धवृद्धाहरुको समस्यालाई महशुस गरी सामाग्रि प्रदान गरेकोमा गाउँगाउँमा सिंहदरबार आएको महशुस भएको बताए । वडा कार्यालयमा उनिहरुलाई बोलाई सामाग्रि प्रदान गरिएको वडाकार्यालयले जनाएको छ । आगामि दिनमा पनि वडाका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिने वडाअध्यक्ष वाग्लेले बताए ।

सम्बन्धित् समाचार