मुलुकै १० ठुला नाका मध्ये एक कृष्णनगर भन्सारमा लक्ष्य अनुसार भन्सार नउठ्ने देखिएको छ । असार २० सम्म लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्र राजस्व संकलन भएको छ । जसले गर्दा जिल्लाको कृष्ण्नगर भन्सारको राजस्व लक्ष्य अनुसार पुरा नहुने पक्का पक्की भएको छ ।
चालु आर्थिक बर्षको असार १९ गते सम्म लक्ष्यको ६९दशमलव १२ प्रतिशत मात्र राजसव उठेको भन्सार कायालयले जनाएको छ । तर असार १९ सम्म कुल४ अर्व ५४ करोड ४४ लाख ६७ हजार २४७ रुपैया मात्र संकलन भएको छ । भन्सार अधिकृत बासुदेव नेपालले लक्ष्य अनुसार अनुसार राजस्व संकलन हुने संभावना नरहेको बताए । चालु आर्थिक बर्षकालागि ६ अर्व ५७ करोडर राजस्व तोकिएको छ । ।
सुरुमा यस भन्सार भन्सार कार्यालयले ८ अर्ब ७२ करोड बराबरको राजस्व उठाउने लक्ष्य ताकेको थियो । तर पछि सुठौली भन्सार स्त्तोन्नती गरिए पछि लक्ष्य घटाईएको थियो । गत आवमा चार अर्ब १३ करोड राजस्व उठाउने लक्ष्य थियो भने ६ अर्ब ३१ करोड बराबरको राजस्व उठेको थियो । भन्सार महसुल २ अर्व ३९करोड २१ लाख, पैठारी १ अर्व ८८ करोड ९५ लाख उठेको छ । गत बैशाखमा ३५ करोड ३७ लाख र जेठमा ३३ करोड ३५ ालख राजस्व संकलन भएको थियो । सिमेन्ट कच्चा पदार्थ क्लिंकरको आयात आधा भन्दा बढी घटे पछि नेपाल कै प्रमुख १० नाकाहरुमा पर्ने कृष्णनगर भन्सारको राजस्व प्रभावित भएको हो । क्लिंकरको आयात घटे पछि राजस्व समेत आधा भन्दा बढी घटेको हो । गत बर्ष साउन देखि फागुन मसान्त सम्म कृष्णनगर नाकामा क्र्लिकरबाट सवा अर्व बढी राजस्व उठेको बिष्णु प्रसाद पौडेलले बताए ।
यस बर्ष क्लिंकरको आयात भने ह्वात्तै घटेकाले त्यसको असर राजस्वमा परेको उनले बताए । गत बषउ यही अवधीमा लक्ष्य अनुसार राजस्ूव उठी सेको थियो । भन्सार कार्यालयको तथ्यांक अनुसार भदौ र असोजमा मात्रै लक्ष्यको करिब राजस्व उठेको छ । भदौ महिनामा ९३ दशमलव .५८ प्रतिशत राजस्व उठेको थियो भने असोज महिनामा ९९.दशमलव ५८ प्रतिशत राजस्व उठेको थियो । भदौमा ६१ करोड ५७ लाख र असोजमा ५५ करोड ६३ लाख राजस्व उठेको थियो । यी दुई महिनामा चाडपर्व पर्ने भएका कारण लक्ष्य अनुसारको राजस्व उठ्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । यद्यपि अरु महिनामा लक्ष्यको आधा मात्र राजस्व उठेको तथ्यांकले देखाउँछ । प्रमुख भन्सार अधिकृत विष्णुप्रसाद पौडेलले तोकिएको राजस्व उठाउन नसकिएको बताए । राजस्व तोकिएभन्दा कम उठेपछि विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उनले जानकारी दिए ।
‘यस वर्ष लक्ष्यअनुसार राजस्व उठ्न गाह्रो देखिएको छ, भन्सार प्रमुख पौडेलले भने, ‘विभिन्न उद्योगीसँग यस विषयमा छलफल गरिरहेका छौ । कृष्णनगर भन्सारमा ९० प्रतिशत राजस्व क्लिंकरबाट उठ्ने गरेको छ । गत वर्षदेखि क्लिंकर उत्पादन नेपालमै हुन थालेपछि भारतबाट कम आयात हुने गरेको भन्सार कार्यालय को भनाई छ । दाङ र नवलपारीमा क्लिंकर उत्पादन हुन थालेपछि आयात घटेको भन्सार प्रमुख पौडेल दाबी छ ‘भारतभन्दा नेपालबाट क्लिंकर सस्तो पर्दो रहेछ’, उनले भने, ‘त्यसले पनि राजस्व उठ्न गाह्रो भएको हो ’गत वर्ष सुठौली छोटी भन्सार कार्यालयबाट पनि कृष्णनगरले राजस्व उठाउने गरेको थियो। तर, यस वर्ष छोटी भन्सार स्तरोन्नति भएर मूल भन्सार कार्यालय भएको छ ।
सुठौली भन्सारले अन्य चारवटा छोटी भन्सार हेर्ने गरेको छ । त्यसले पनि कृष्णनगर भन्सारमा राजस्व संकलनमा असर पुगेको कर्मचारी बताउँछन् ।भन्सार नाकाबाट सिमेन्टका कच्चापदार्थ (क्लिंकर), खरानी, जिप्सम, आइरन डस्ट र बक्ससाइटको आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार कर्मचारीहरु बताउछन । यस्तै कोइला, जिरा चामल र कनिका, गहुँ, खसीबोका, फलफूल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजस्व संकलन हुने गरेको छ ।