गृहपृष्ठ Featured पहिरोका कारण नारायणगढ–मुग्लिन सडक एकतर्फी

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक एकतर्फी

प्रकाशित मिति:

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण एकतर्फीमात्रै गाडी चलिरहेका छन् । बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो ।

यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर  पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ ।

यो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो

सम्बन्धित् समाचार