वाणगंगा नगरपालिका वडा न. ८ मा एवम रुपले तिव्र विकाश भैरहदा वडाको विकाशका लागि वडा भित्रका संघ संस्था हरुको पनि उत्तिकै लागत सहभागिता रहेको छ । वडामा भएका विकासले गर्दा वडाका बासिन्दाहरु पनि हर्षित देखिन्छन र साथमा अझैधेरै हर्षित यो मानेमा देखिन्छनकि वडा भित्रका संघसंस्था हरुको सहयोग र सहकार्यले गर्दा खुसि भएको वडा वासिहरु बताउँछन ।
विभिन्न संघ संस्था हरुले वडामा रहेका बाटाहरु पक्कि गर्न,प्रतिक्षलय निर्माण गर्न ,वडा कार्यालयको जग्गा खरिदका लागि र विध्यालयका पुर्वाधार विकाशको लागि सहयोग गरेको वडा अध्यक्ष गुणनिधी भुषाले बताउनु भयो ।
वडा न. ८ का संघ संस्था मध्ये मधुवन समुदायिक वन उपभोक्ता समितीले बिस लाख , नव प्रभात सामुदायिक वनले पाँच लाख ,त्रिसक्ति सामुदायिक वनले पाँच लाख , सिव पार्बति खाने पानी तथा सरसफाई उपभोक्ता समितीले पाँच लाख , सान्ता कुन्ज मधुवन धाम अन्र्तरगत मधुवन धार्मिक वनले चार लाख रुपैयाँ लागत सहयोग गरेको वडा अध्यक्ष भुषाले बताउनु भयो ।
वडा लाई विभिन्न तवर वाट सहयोग साथ दिनुहुने सम्पुण लाई धन्यवाद दिदै भुषालले आगामि दिनमा वडाका विकासका लागि अझै तिव्रता दिनका लागि अन्य संस्थाहरु बाटपनि सहयो भएमा अझै छिटो विकासले फड्को मार्ने भन्दै अन्य संस्थाहरु बाटपनि लागत सहभागिताको अपेक्षा र्गनु भएको छ ।