गृहपृष्ठ कला/साहित्य इन्दिरा गैरेको तिज गित ‘सिरफुल’ सार्वजनिक

इन्दिरा गैरेको तिज गित ‘सिरफुल’ सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ । गायिका इन्दिरा गैरेको ‘सिरफुल’ नामक तिज गीत सार्वजनिक भएको छ । शरद पाण्डेले उक्त गीतमा शब्द तथा संगीत भरेका छन् ।

सोही गीत गायिका गैरे र सम्झना लामिछाने मगरको संयुक्त आवाजमा रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीत सुदिप सागरले एरेन्ज गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका हुन् । त्यस्तै काजिश श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियो सागर गौतमको छायांकन तथा दिपक बिष्टले सम्पादन गरेका छन् ।

सोही भिडियोमा ‘बोल माया’ र ‘गलबन्दी’ गीतबाट थप चर्चामा आएकी माेडेल अञ्जली अधिकारी र सोम्या श्रेष्ठको अभिनय रहेको छ । ताजा इन्टरटेनमेन्टको युट्यूब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । तिजका बेला गाउँ घरमा दिदीबहिनी जम्मा भएर मनोरञ्जनका साथ गाइने मौलिक भाकालाई टिपेर यस गीतमार्फत समावेश गरिएको सर्जक शरद पाण्डेले बताए ।

 

त्यसैगरी पछिल्लो समयमा पुर्खादेखि मान्दै आएका तथा हराउँदै गएको मौलिक लोक संस्कृतिलाई माथि उठाउनकै लागि पनि ‘सिरफुल’ बजारमा ल्याएको गायिका इन्दिराले दाबी गरिन् । यसभन्दा अघि पनि करिब दर्जनको हाराहारीमा गीत बजारमा ल्याइसकेको उनले जानकारी दिइन् ।

सम्बन्धित् समाचार