गृहपृष्ठ Featured बाणगंगामा ट्रकको ठक्कर बाट खुट्टो भाँचिएको गाईको पशु चिकित्सक डा. रुपनारायण श्रेष्ठले गरे अप्रेशन

बाणगंगामा ट्रकको ठक्कर बाट खुट्टो भाँचिएको गाईको पशु चिकित्सक डा. रुपनारायण श्रेष्ठले गरे अप्रेशन

प्रकाशित मिति:

हिन्दु धर्म अनुसार गाईलाई पुज्ने चलन छ । गाई नेपालको राष्ट्रिय जनावर पनि हो । तैपनि आजकल भने गाईको त्यति संरक्षण भएको पाईदैन तर कपिलवस्तुको बाणगंगा चार नम्बर जितपुरमा भने आईतवार एका बिहानै गाईको अप्रेशन भयो ।

गाईको अप्रेशन

सुन्दा अचम्म लाग्न सक्छ ट्रकको ठक्करबाट खुट्टो भाँचीएको गाईको अप्रेशन पशु चिकित्स डा रुपनारायण श्रेष्ठले गरेका छन । भेटेनरि अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र कपिलवस्तुका चिकीत्सक डा. रुपनारायण श्रेष्ठले स्थानियहरु र प्रहरिको सहयोगमा अप्रेशन गरेका थिए ।

गाईको अप्रेशन । पशु चिकित्स डा रुपनारायण श्रेष्ठ

अप्रेशन सफल भएपछि गाईंलाई ईलाका प्रहरि कार्यालय पिपराको टोलिले पिपरा हाट बजार नजिकै सुरक्षित ठाउँमा राखेको छ । छाडा चौपायाले गर्दा यस्ता घटना पटक पटक दोहोरिएको स्थानियहरु बताउँछन ।

सम्बन्धित् समाचार