सहकारी मार्फत बजार कारोवार गरेमा बजार सन्तुलित र व्यवसायिक हुने प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ । उत्पादनमा क्रमिक रूपमा वृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन कृषि, पशुपालन, तरकारी, फलफूल लगायतका क्षेत्रमा यस वर्ष देखि किसानलाई प्रोत्सान गर्ने गरी काम गरेको उहाँले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा ८ बोडगाउमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ र कृषि बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको संयुत लगानीमा सञ्चालनमा आएको सहकारी बजारको उद्घाटन गदै उहाँले यस्तो बताउनु भएको हो । नेपाली अर्थतन्त्रको तीन खम्बा मध्ये एक खम्बा सहकारी भएको हुदा प्रदेश सरकारले निजि क्षेत्रमा सहयोग गर्ने बताउनु भएको छ ।
विषादी परिक्षणमा संघिय सरकार पछि हटेको बेलामा नेपालगञ्ज नाका र भौरहवा नाकामा प्रदेश सरकारले तरकारी परिक्षण गरेको उहाँले बताउनु भयो । युवा किसानलाई आकर्षित गर्ने गरि अब सरकारले काम थालेको स्पष्ट पार्नुृ भयो । सो अवसरमा प्रदेशसभा सदस्य विष्णु पन्थीले भारतीय वस्तुलाई अन्त्य गरी किसानले उत्पादन गरेको उत्पादनलाई महत्व दिनु पर्ने बताउनु भयो । साथै उहाँले अब किसानले कृषिमा आधुनिकीकरण गर्नु पर्ने औल्याउनु भयो ।
यस्तै नेकपा कम्युनिष्ट पाटी कपिलवस्तु सहईन्चार्ज बिमला घिमिरेले सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपाल कृषि र सहकारी बाट पुरा हुने बताउनु भयो । सहकारी स्थापना हुनु भन्दा पनि यसको व्यवस्थापनमा जोड दिनु मुख्य कुरा रहेको उहाँले तर्क गर्नु भयो । घिमिरेले किसानले उत्पादन गरेको उत्पादन सस्तो मुल्यमा किनेर विचौलियाले फाईदा लिएको भन्दै अब सरकारीले बजार व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नेपाल सरकारबाट सहकारीमा आएको अनुदान सहकारीमा नै लगाउनु पर्ने बताउनु भएको छ । अध्यक्ष पोख्रेलले सहकारीले बैङकको काम गरेको हुदा अब किसानलाई अर्गानिक खेति तर्फ प्रोत्सान गर्नु पर्ने बताउनु भएको छ । वाणगंगा नगरका नगर उपप्रमुख चक्र अर्याल ,भुमि व्यवस्था कृषि मन्त्रालय प्रदेश नम्वर ५ का अधिकृत ज्ञानहरि पन्थी, योजना महासाखाका प्रमुख विनोद घिमिरे, लगायतले कार्यक्रममा बोल्दै किसानले उत्पादन गरेको वस्तुको उचित मुल्य दिई उपभोक्ताहरुलाई गुणस्तरिय वस्तु सहकारीले अब दिनु पर्ने बताउनु भएको छ । संस्थाका अध्यक्ष सुर्य प्रसाद पौडेलको अध्यक्षता , उपाध्यक्ष तथा बजार संयोजक कृष्ण न्यौपानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन बावुराम अर्थालले गर्नु भएको थियो ।