गृहपृष्ठ Featured नव जागृति सामुदायिक बनमा नया नेतृत्व चयन

नव जागृति सामुदायिक बनमा नया नेतृत्व चयन

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ मा रहेको नव जागृति सामुदायिक बनले नया नेतृत्व चयन गरेको छ । बाणगंगा नगरपालिका वडा नः २ गोवडिहवामा रहेको आफनै भएको भएको ११ औ साधरणसभा सता पाचौ अधिवेशनले सर्वसम्मत रुपमा नया नेतृत्व चयन गरेको हो । जसको अध्यक्षमा पदमलाल अधिकारी, उपाध्यक्षमा कृष्ण राना, सचिवमा शारदा पुन, सह सचिवमा मान बहादुर मिदुन, कोषाध्यक्षमा भगवता अधिकारी रहेका छन । सदस्यहरुमा राधा पौडेल, केशवराज भुसाल, लिला घिमिरे, किशोर राना लगायत रहेको वैखरी अनलाइनलाई सामुदायिक बनले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वडा नः २ का अध्यक्ष बिष्णु पौडेलले सामुदायिक बनले स्थानिय क्षेत्रमा गरिवि न्युनिकरणका क्षेत्रमा काम गर्नेमा आफु बिश्वसत रहेको बताए । सचिव पवित्रा घिमिरेको सञ्चालमा भएको कार्यक्रममा कोषाध्यक्ष तिलक पहराई मगरले बनको आयब्यय प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता पुर्ण प्रताप पुनले गरेको वैखरी अनलाइनका संवाददाता बिष्णु घिमिरेले जानकारी दिए ।

सम्बन्धित् समाचार