गृहपृष्ठ Featured वाणगंगा नगरपालिका वडा नम्बर १० मा रेमिटेन्सको सेवा सूरु

वाणगंगा नगरपालिका वडा नम्बर १० मा रेमिटेन्सको सेवा सूरु

प्रकाशित मिति:

वित्तीय पहुचका हिसाबले पछाडी रहेको वाणगंगा नगरपालिकाको वडा नम्बर १० मा रेमिटेन्सको सुरुवात भएको छ । वाणगंगा १० कोरियाचोकमा पटना कृषि शहकारी सँस्था लिमिटेडको सञ्चालनमा शंकरदेव रेमिट एण्ड टे«डर्सले आज देखि रेमिटेन्स सम्बन्धि वित्तिय सेवा सुरुवात गरेको प्रवन्धक गोविन्द प्रसाद चौधरीले जानकारी दिनुभयो । सेवा सुभारम्भको दिन सोहि वडाका हुम बहादुर श्रेष्ठले छोराले मलेसियाबाट पठाउनु भएको ४ हजार ९ सय ८२ रुपैयाँ र चन्द्रकला थारुले बहराइनबाट श्रीमानले पठाएको ११ हजार ७ सय ५० रुपैयाँ वडा अध्यक्ष राम विहारी चौधरीको हातबाट ग्रहण गर्नु भएको छ ।

रेमिटको समुदघाटन गर्नुहुँदै वडाध्यक्ष चौधरी

रेमिटको समुदघाटन गर्नुहुँदै वडाध्यक्ष चौधरीले रेमिट्यान्स सेवा सूरु गरेको प्रति शहकारीका अध्यक्ष राम कृष्ण चौधरी लगायत सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै रेमिट्यान्सको प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुभारम्भ कार्यक्रम शहकारी अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षता, वडा अध्यक्ष राम विहारी चौधरीको प्र्रमुख आतिथ्यता, राजेन्द्र प्रसाद चौधरीको विशिष्ट आतिथ्यता, रामपति थारु, हुम बहादुर श्रेष्ठ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको शहकारीले जनाएको छ । रेमिटेन्स सेवाबाट वित्तीय सेवा वडामा सुरु भएपछि सामान्य वित्तीय कामले पनि टाढा टाढा धाउनु पर्ने बाध्यता रहेका वडा बासिहरु भने खुसिले गदगद भएका छन्् ।

सम्बन्धित् समाचार