गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुले गर्यो सगरमाथा आरोही रणपाल लाई सम्मान

कांग्रेस कपिलवस्तुले गर्यो सगरमाथा आरोही रणपाल लाई सम्मान

प्रकाशित मिति:

कांग्रेस कपिलवस्तुले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी कपिलवस्तुकी बुद्धभुमी नगरपालिका २ गोरुसिंगेकी ४२ बर्षिया ज्ञानमाया रणपाललाई तौलिहवामा सम्मान गरेको छ । पार्टीले कदर पत्र दोसल्ला र नगदले ले सम्मानित गरेको हो । नेपाली कांंग्रेसका केन्द्रिय सदस्य तथा सांसद अतहर कमाल, पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, पुर्व जिल्ला पार्टी सभापति सुधाकर पाण्डे्य, प्रदेश सदस्य रिना नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं शक्ति ठकुरी लगायतले रनपाललाई सम्मानित गरेका थिए ।

यस अघि बुद्धभुमी नगरपालिका र राईफल भुपु शैनिक संघले गोरुसिंगेमा रणपाललाई सम्मानित गरेका थिए । रनपाल दलित समुदायबाट प्रथम ओरोही भएको दाबी गरिएको छ । अविवाहित ४२ बर्षिया रनपालले सन २०१९ मे १९ तारिखमा एक बजेर तीस मिनेट जाँदा ३ जना चिनिया यात्री र आफुसहीत ४ जना सगरमाथाको बेस क्याम्पबाट यात्रा प्रारंभ गरेका थिए ।

टोलीको नेतृत्व गरेकी रणपाल सहीतको टोलीले सन २०१९ मे २३ का दिन १० बजे र १० मिनेटको समयमा सगरमाथाको शिखरमा पुगेका थिए । यस अघि सन २०१८ अक्टोबर २० मा ६ हजार १६० मिटरको एलम्पिक र लक्चे हिमालको सफल आरोहण गरेकी थिईन । ७ बर्ष प्रहरी सेवामा बिताएकी रनपालले ९ बर्ष ईजरायलमा बैदेशिक रोजगारी का निमित्त गएकी थिईन ।

सो अवसरमा कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अतहर कमालले रणपालले शाहसिक काम गरेर समग्र जिल्ला कै नाम उचो राखेकी बताए । सरगरमाथको सफल आरोहरण गरेर बुद्धको भूमी प्कपिलवस्तुको ईज्जत बढाएको बताए । ‘ सगरमाथा चढनु आफैमा एक शाहसिक कार्य र उपलब्धी हो ’ उनले भने ‘ रनपालले महिलाहरुले चाहे भने जे पनि गर्न सक्छन भनेर प्रमाणित गरेर देखाएको छिन ’ । पार्टी जिल्ला सभापति आचार्यले जिल्ला कै लागि केही गरेर देखाएकोमा रनपाललाई बधाई दिए । आचार्यले यो शाहसिक कार्यले महिलाहरुलाई थप प्रेरणा मिलेको बताए । सो अवसरमा रनपालले प्रथम महिला आरोही पासाङ लामु शेर्पाले २०५० सालमा गरेको शाहसिक कामले आफुलाई प्रेरणा मिलेको बताईन । मैले लामो समय देखी देखेको सपना पुरा भयो, निकै खुशी लागेको छ ‘ उनले भनिन ।

सगरमाथाको आरोहरण गर्न जाने बेलामा आफु बुद्धको क्रिडास्थल कपिलस्तुबाट आएको भनी परिचय दिएको बताईन । रनपालले आफनो आत्मबिश्वास, साहस, अभिभावहरुको आशिर्वादले सगरमाथा चढन सकेको बताईन । ‘ सगरमाथाको सर्वोच्च शिखरमा पाइला राखेपछी मैले बुवाको तस्वीर त्यहाबाट देखाएको थिए ’ उनले त्यति बेलाको खुशीको अनुभव सुनाउदै भनिन । सो अवसरमा रनपालका बुवा खिम बहादुर रनपालले छोरीले परिवार र जिल्ला कै नाम राख्न सफल भएकोमा खुशी ब्यक्त गरे । उनले आफनो छोरी प्रति गर्व लागेको बताए ।

सो अवसरमा प्रदेश सदस्य रिना नेपालले रणपालले सिङ्गो जिल्लाको पहिचान र गरिमा बढाएको बताईन । ‘ रनपालले आफनो मात्र होईन हामी सबैको सपना पुरा गरेकी छिन ’ उनले भनिन । सो अवसरमा महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा, पार्टीका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, यशोधरा गाउपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।

 

 

सम्बन्धित् समाचार