कपिलवस्तुको बाणगंगा २ मा रहेको मनकामना सस्कृत बिद्यापिठमा अध्ययन गर्ने बिद्यार्थी (बटुक) सस्कृति बचाउन रक्षाबन्धन तथा नाग पञ्चमीका दिन घर घरमा गई नाग टास्ने र डोरो बाध्ने काम गरेका छन । पिठ भित्र रहेका ६५ बटुक १७ समुहमा बाढिएर उनीहरु यस क्षेत्रका घरहरुमा पुगी नाग टास्ने र डोरो बाध्ने काम गरेका हुन । उनीहरुले सो अवसरमा बिभिन्न घरमा गई मन्त्र जपेर नाग टास्ने र डोरो बाध्ने काम गर्दा स्थानिय समेत निकै खुशी भएको पाइएको छ । ठुलो भएर पण्डीत बन्ने लक्ष्य लिएका यहाँका बटुकहरु यसरी नाग टास्ने र डोरो बाध्ने काम गरी हिडेको देख्दा निकै खुशी लागेको बाणगंगा २ का समाजसेवि कृष्ण बहादुर गुरुङको भनाई रहेको छ । कुनै कुनै घरमा आफन्ती नाग टास्ने र डोरो बाध्न आउन नभ्याउने अवस्थामा बटुकहरु आउदा निकै खुशी लागेर स्थानिय रमाउने समेत गरेको उनको भनाई छ ।
कपिलवस्तुको बाणगंगा राजपुर, नन्दनगर,बैरीया, पिपरा, बैजलपुर क्षेत्रका घरहरुमा गई उनीहरुले काम नाग टास्ने र डोरो बाधेका थिए । यसरी घरमा घरमा गई नाग टास्दा र डोरो बाध्दा आफुहरुलाई निकै मायाका गरेको र फेरी फेरी पनि आउदै गर्नु भनी स्थानियहरुले भन्ने गरेको मनकामना सस्कृत बिद्यापिठमा बटुक हरी कडेलले बताए । यसरी साथीहरुसगं घरघर गई सस्कृति बचाउने काम गरेकामा धेरैले धन्यवाद र आशिक समेत दिएको उनी बताउछन । त्यसी नाग टास्ने र डोरो बाध्न गई उठेको ३८ हजार ७ सय २१ रुपैयालाई बैंकमा जम्मा गरी उनीहरुकै स्तर उनन्तीका लागी उतm रकम खर्च गरीने पिठका सचिव दयाराम पौडेलले जानकारी दिए । उनीहरुकै नेतृत्व बिकासका लागी पिठ अन्य स्रोत जुटाई रकम खर्च गर्ने उनले बताएका छन ।
कपिलवस्तु बाणगंगाका साना पण्डीत तर ठुला काम
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैस्ववियु निर्वाचन चैत ५ गते !
८ घण्टा अघि
प्याब्सन कपिलवस्तुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
१० घण्टा अघि