स्वतन्त्र बिद्यार्थी युनियन सिद्धार्थ क्याम्पसको आयोजनामा कक्षा १२ मा उतिर्ण भएका बिद्यार्थीहरु सम्मानित भएका छन । हालै प्रकाशित नतिजामा प्रथम, द्धित्तिय, तृतिय तथा उत्र्तीण हुने बिद्यार्थीलाई स्वबियुले एक कार्यक्रमकाबिच सम्मानित गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथी रवि काफ्लेले बोल्दै सिद्धार्थ क्याम्पस बिद्यार्थीहरुका लागि मार्गदर्शक बनेको र कक्षा १२ का उतिर्ण सम्पुर्ण विध्यार्थीहरु लाई शिद्धार्थ क्यामपस बाटै उच्च शिक्षा हासिल गर्नका लागि आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष तथा स्ववियु सभापति सुसिल खत्रिले सिद्धार्थ क्याम्पस नेपालमै नाम चिनाउन सफल र उत्कृष्ट क्याम्पस रहेको हुदाँ विधार्थीहरु लाई सिद्धार्थ क्याम्पसमा आई अध्ययन गर्न आग्रह गर्दै पढ्न इच्छा हुदाँ पनि गरिवीका कारण पढ्न नस्कने भएमा आफु स्ववियु सभापतिका हैसतले त्यस्ता विधार्थीहरुलाई निशुल्क पढाउने प्रतिबद्दता जनाएका छन ।

कार्यक्रमको स्वातग मन्तव्यमा बोल्दै पत्रकार असोक पौडेलले विधार्थी हरुलाई बधाई दिनुका साथै समस्याहरु औलाउदै विधार्थीमा हुनुपर्ने गुण र अवगुण लाई विधार्थी स्वंम आफैले चिन्नुपर्ने र आफ्नो ध्यानलाई त्यतै तर्फ केन्द्रित गर्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा क्याम्पस प्रमुख खेमराज शर्मा ,शिक्षक गोविन्द खनाल ,वेदुराम अर्याल , दिलु श्रेष्ठ , १२ मा उतिर्ण विध्यार्थी सविन रनपाल ,अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियनका अध्यक्ष बावुराम अर्याल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कक्षा १२ प्रथम प्रतिक राष्कोटि र पुष्कर खनाल द्धितिय कुसुम बिक तृतिय विपना खनाल सहित ३५ जना बिधार्थी सम्मानित तथा पुरसकृत भएका हुन । पुरस्कार सौजन्य सिद्धार्थ इन्स्टीच्युटले गरेको थियो भने कार्यक्रमको संचालन स्ववियु सदस्य हरि प्रसाद ढुङगानाले गरेका थिए ।