गृहपृष्ठ Featured बाणगंगाको वडा नः २ मा एकैदिन २ वटा पक्की सडककाे उद्घाटन

बाणगंगाको वडा नः २ मा एकैदिन २ वटा पक्की सडककाे उद्घाटन

प्रकाशित मिति:

शुन्यबाट शुरु भएको वाणगंगा नगरपालिकाले तीव्र रुपमा विकासको गति लिएको प्रदेश सांसद विष्णु पन्थीले बताएका छन । उनले वाणगंगा नगरपालिकाले भविष्यलाई हेरेर विकास निर्माणका कामहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । । पन्थीले आधुनिक विकासको पहिचान सडक भएकोले सडक निर्माण गर्दा ध्यान दिनुपर्ने बताए । बाणगंगको वडा नः २ स्थीत राजपुरदेखि बैजलपुरको चाइण्टे चौपारीसम्मको पक्की सडक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले वडा नः २ ले बिकासका क्षेत्रमा नगरपालिकामै नमुनाका रुपमा परिचित भएकोमा खुशी ब्यतm गर्दै अन्य वडालेपनि यसको सिको गर्न आवश्यक रहेको बताए । बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा भएको औपचारिक कार्यक्रममा बोल्ने अधिकांश बक्ताले सडक निर्माणमा वडा नम्बर २ को मिहिनेतको प्रशंसा गरेका थिए । स्थानीयबासीको जनश्रमदानबाट सम्पन्न सडक गुणस्तरीय भएको भन्दै नगरकै नमुना सडक भएको दावी समेत गरेका थिए ।
सडक कालोपत्रे योजना सम्पन्न भए पछि वडा नम्बर २ ले एक समारोहको आयोजना गरी उद्घाटन गरेको हो । प्रदेश सांसद विष्णु पन्थी र वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले संयुक्त रुपमा रिवन काटेर राजपुरदेखि च्वाइन्टे चौपारीसम्मको सडक कालोपत्रे योजनाको उद्घाटन गर्नुभएको थियोे । स्थानीयबासीको सक्रियतामा केन्द्र, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा २२ सय मिटर सडक कालापत्रे गरिएको छ ।
पश्चिम बैजलपुर, राजपुर हुँदै बैजलपुरसम्म १७ सय मिटर कालोपत्रे सडक निर्माण भएको हो । ८ मिटर चौडाई रहेको यो सडकमा ४ मिटर पक्की बनाइएको छ । जसमा प्रदेश सरकारबाट २५ लाख, ४ हजार ६ सय छेयानब्बे, नगरपालिकाबाट १० लाख १ हजार ८७, र उपभोक्ता समितिबाट १९ लाख ९६ हजार गरी ९६ लाख बजेटमा सडक पक्की भएको उपभोक्ता समितिका सचिव यमलाल घिमिरेले बताए । कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनि, वडा नः ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, समाजसेवि नहकुल शाही, खिमानन्द घिमिरे, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । यसैगरी तीन कुने चोक देखि पश्चिम राजपुर हुँदै १ नं. वडा कार्यालय जोड्न ६ सय मिटर सडकको कालोपत्रे सडक पनि एकैसाथ सम्पन्न भएको छ । कुल ६५ लाखको लागतमा यो सडक कालोपत्रे भएको हो । जसमा केन्द्र सरकारबाट ४८ लाख र १७ लाख स्थानीयको उठाएका थिए । यी दुवै उपभोक्ता समितिबाट निर्माण सम्पन्न भएका सडक एउटै गन्तव्यमा पुग्न सकिने सडक हुन् । शुक्रबार यी दुवै सडकको शिलन्यास गरिएको हो । सबै गरी २२ सय मिटर कालोपत्रे भएको यो सडक नगरकै नमुना सडकको रुपमा रहेको छ ।

सम्बन्धित् समाचार