कपिलबस्तु जिल्लालाई भाद्र ३१ गते खुला दिसा मुक्त गर्ने प्रतिबद्धता गरिएको छ । जिल्लालाई यथासिघ्र खुला दिशा मुक्त घोषणा गर्नका लागि बसेको बैठकबाट सो प्रतिबद्धता गरिएको हो ।
जिल्लामा रहेको ६ नगरपालिका र ४ वटा गांउपालिका मध्ये ३ वटा नगरपालिका र १ वटा गाँउपालिका खुलादिसा मुक्त हुन बाकी रहको छ । सोही अनुसार जिल्लाको महाराजगंज, कृष्णनगर, कपिलबस्तु र शुद्धोधन गाँउपालिका खुला दिसामुक्त घोषणा हुन बाकीं रहेका छन् । महाराजगंज नगरपालिकाको सबै बडा घोषणा भएकोले भाद्र १ गते नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने नगर प्रमुख अब्दुल कलम खांले बताउनुभयो ।
त्यस्तै शुद्धोधन गांउपालिकाको १ वटा वडा खुला दिसामुक्त घोषणा गर्न बाकीं रहेकोले भाद्र २ गते खुला दिसामुक्त घोषणा गर्ने अध्यक्ष निसार अहमद खांले बताउनुभयो ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको कृष्णनगर नगरपालिकाका १२ वटा बडा मध्ये ४ वडा अझै खुला दिसामुक्त घोषणा भएका छैन् । नगरपालिकाको १, ४, ७ र १२ वडा अझै खुला दिसामुक्त घोषणा गर्न बाकीं रहेका छन् । ४ वटा बडामा रहेको २ हजार ७ सय ५६ घरधुरी रहेकोमा १ हजार १ सय ४३ घरधुरीमा अझै शौचालय निर्माणा नभएको निमित्त कार्यकारी अधिकृत दिनेश थापाले बताउनुभयो । नगरपालिकालाई यही भाद्र २० गते खुला दिसामुक्त घोषणा गर्ने नगर प्रमुख रजत प्रतप शाहले बताउनुभयो ।
त्यस्तै जिल्लाको सदरमुकाम तौलिहवामा रहेको कपिलबस्तु नगरपालिका पनि खुला दिसामुक्त घोषणा हुन सकेको छैन् । नगरपािलका भित्र १२ वटा वडा रहेको मध्ये ४, ५ र ६ अहिले सम्मा खुला दिसामुक्त हुन सकेको छैन् । सम्पूर्ण वडा खुला खिसा मुक्त संगै भाद्र २५ गते नगरपालिकालाई खुला दिसा मुक्त घोषणा हुने नगर प्रमुख किरण सिंहले बताउनुभयो ।
जिल्लामा रहेको ९३ हजार ५९ घर धुरी मध्ये लगभग १५ सय घर धुरीमा शौचालय निर्माण भएको छैन् । अगामी असोज १३ गते सिंगो नेपाललाई खुला दिसा मुक्त घोषणा गर्ने संघिय मामिला तथा सामानय प्रशासन मन्त्रय, स्थानिय पुर्बधार विभागका महेश्वर घिमिरेले बताउनुभयो ।
सो कार्यक्रममा खानेपानी मन्त्रलय, खानेपानि तथा ढल व्यवस्थापन विभागका देबेन्दै कुमार झाका अनुसार खानेपानीको अभाव कुनै पनि पालिकामा नहुने र अगामी ३ बर्षमा १ घर १ खानेपनीको धरा हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति एवम् जिल्ला खानेपानी सरसाफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नारायण खनालले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न मनिसमो सोचमा परिवर्तन हुनु जरुरी रहेको बताउनुभयो । समाजलाई परिवर्तन गर्न हामी सबैले अआफ्नो तर्फबाट लाग्नु पर्ने बताउनुभयो । उहाले जिल्लालाई अगामी भाद्र ३१ गते खुलादिसा मुक्त घोषणा गर्ने समेत प्रतिबद्धता गर्नुभएको छ ।
पालिकाहरुमा चार्पी निर्माण गर्ने अभियान सञ्चालन भइराहदा जिल्ला घोषणाको लागि आवश्यक तयारी गर्न जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेको संयोजकमा ८ सदस्यीय कार्य दल गठन गरिएको छ ।
कार्यक्रम युनिसेफ र पिस नेपालको सहयोगमा समपन्न भएको छ ।