प्रगतिशिल युवा क्लब बाणगंगा ८ लौगाईको आयोजनामा प्रथम वाणगंगा अन्डर १६ क्रिकेट लिग छनोट प्रतियोगीताको फाईनल खेलमा बाणगंगा ब्वाईज ईलाभेन ३५ रनले बिजयी भएको छ । बुधबार देखि जारि खेलमा सनिबार बाणगंगा ब्वाईज ईलाभेनले नेपाल टाईगर लाई पछिपार्दै बिजेता भएको हो ।
टस जितेर ब्याटिङ रोजेको बाणगंगा ब्वाईज ईलाभेनले नेपाल टाईगर लाइ १६ ओभरको खेलमा ६ विकेट गुमाउदै १०५ रनको तार्गेट दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको नेपाल टाईगर १२.३ ओभरमा ६९ रनमै अलआउट भई हार ब्यहोरेको हो । फाईनल खेलमा बाणगंगा ब्वाईज ईलाभेनका मिलन जिसीले ४ विकेट ४ रन जोड्दै म्यान अफद म्याच घोषित भए । प्रथम वाणगंगा अन्डर १६ क्रिकेट लिगको छनोट प्रतियोगीतामै सर्वाधिक रन बनाईं बाणगंगा ब्वाईज ईलाभेनका महेस बेल्बासे म्यान अफद सिरिज बनेका हुन ।
फाईनल खेलको बिजेता टिमले कप ,मेडल र प्रमाणपत्र सहित नगद रु ५५५५ प्राप्त गरेको थियो । त्यस्तै उपबिजेता टिम नेपाल टाईगरले कप ,मेडल र प्रमाणपत्र सहित नगद रु २५०० प्राप्त गरको होे । प्रथम पुरस्कार सैजन्य त्रिलोक मार्ग उपभोक्ता समिति बाणगंगा ८ त्रिलोक मार्ग र द्धितिय पुरस्कार सैजन्य सिव पार्बति खानेपानि उपभोक्ता समिति मधुवनले गरेको थियो ।
फाईनल खेलको समापन कार्यक्रमका प्रमुख अतिथी वडा न. ८ का अध्यक्ष गुणनिधि भुषालले बोल्दै वालवलिका हरुको सर्वाङगिण विकाशका लागि खेलको महत्वपुर्ण भुमिका रहेको बताउदै वडा न. ८ ले विशेष जोड दिएको बताए । प्रगतिशिल युवा क्लब बाणगंगा ८ लौगाईको आयोजना ,गणेश मन्दिर लौगाई र वाणगगां नगरपालीका वडा न. ८ को संरक्षणमा कार्यक्रम सुरु भएको हो । उक्त प्रतियोगितामा वाणगगां नगर भित्रका १६ वर्षमुनीका ४ समुहको सहभागीता रहेको थियो ।