गृहपृष्ठ Featured कञ्चन गाउँपालिका रुद्रपुरमा १ हजार ३ सय बृक्षारोपण

कञ्चन गाउँपालिका रुद्रपुरमा १ हजार ३ सय बृक्षारोपण

प्रकाशित मिति:

रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन(४,गरगरे रुपन्देहीको आयोजनामा बृक्षारोपण कार्यक्रम शुभारम्भ गरिएको छ। “सामुदायिक बनमा नबिनतम सोंच,उत्पादनमा अध्यन र समृद्धिमा जोड“ भन्ने अभियान सहित चौथो राष्ट्रिय बन दिवसको अवसरमा रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहले आज एक विशेष कार्यक्रम गरि बृक्षारोपण कार्यको शुभारम्भ गरिएको हो ।

बृक्षारोपण कार्यको शुभारम्भ गर्दै कञ्चन गाँउपालिका वार्ड नं.५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बनको संरक्षणले कञ्चनको बाताबरणिय स्वच्छता र सुन्दरतामा बृद्ध संगै पर्यापर्यटनमा थप आकर्षण बढ्ने बताउनु भएको छ ।

बृक्षारोपण कार्यको शुभारम्भ गर्दै कञ्चन गाँउपालिका वार्ड नं.५ का वडा अध्यक्ष

जहाँ हरियो बन त्यहा सुखम जीवन हुने बताउदै समयमै बन संरक्षण नगरिएको भए सुन्दर अनि घना जंगल कसैले देख्न नपाइने उहाँको भनाई रहेको थियो ।
यसैगरी सब डिभिजन बन कार्यलय, कञ्चनका प्रमुख धनिश्वर न्यौपानेले कञ्चनबासीको दीर्घकालिन दुरदर्शिताकै कारण रुद्रपुरमा घना जंगल बन्न सकेको र अब सामुदायिक बनलाई पर्यापर्यटनको रुपमा बिकास गरि आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सके यस क्षेत्रको आर्थिक बिकास हुनेमा बिश्वास ब्यक्त गर्नु भएको छ।

यसैगरी नीतिगत प्रसंग उठाउदै सामुदायिक बन नीति निर्माणको क्रममा ऐतिहासिक पृष्ठभुमि र अनुभवहरुलाई पनि प्रयोगमा ल्याईएकोले उपभोक्ताहरु मर्कामा परेको उल्लेख गर्नुभएको थियो।
जिल्ला सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्यले बन उपभोक्ताहरु संग कुनै सहकार्य नै नगरी बन नीति ल्याइएकोले बन संरक्षण गरे बापत पुरस्कृत हुनुपर्नेमा उल्टै उपभोक्ताहरुलाई कर तिर्न बाध्य पारिएको बिरोधमा सामुदायिक बन उपभोक्ता महासंघले संघर्ष गर्दै आइरहेको बताउनु भएको छ।

रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन(४,रुपन्देहीका अध्यक्ष नाम बहादुर के.सी.ले जब सम्म सामुदायिक बनमा नविनतम सोंच हुदैन तबसम्म कुनैपनि सामुदायिक वनहरुको बिकास नहुने र सामुदायिक बनमा उत्पादनमुखी योजनाले मात्र उपभोक्ताहरुको आयआर्जनको श्रोत निर्माण हुने बताउनु भएको छ।

टिक,बकाइनो,टांकी,सफेदा,खयर,कल्की फुल लगायत गरि १ एक हजार ३ सय बिरुवा रोपण गरिने कार्यक्रममा कञ्चन सामुदायिक संचार संस्थाका अध्यक्ष बिष्णु नारायण श्रेष्ठ,विभिन्न टोल बिकास संस्थाका अध्यक्षहरु , संचारकर्मी तथा इलाका प्रहरी कार्यालय, रुद्रपुर, सामुदायिक बन उपभोक्ताहरुको समेत सहभागिता रहेको थियो।

सम्बन्धित् समाचार