गृहपृष्ठ Featured गरिमा बचत तथा ऋण सहकारी संस्था,बुटवलको रक्तदान कार्यक्रम सम्पन्न

गरिमा बचत तथा ऋण सहकारी संस्था,बुटवलको रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

गरिमा बचत तथा ऋण सहकारी संस्था,बुटवल(९ ले आफ्नो नवौं स्थापना बर्षको पुर्ब सन्ध्यामा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल धागो कारखानाका पुर्व कर्मचारीहरु द्वारा स्थापना गरिएको गरिमा साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत मानबिय सेवाको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बिष्णु बहादुर थापाले बताउनु भएको छ। साकोसका शेयर सदस्यहरुमा बचत र ऋणमा मात्र नभै मानबिय सेवामा पनि योगदान गर्नु पर्छ भन्ने भावनाको बिकास गर्नु पनि साकोसको कर्तब्य भएको थापाले बताउनु भएको छ ।

गरिमा बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रम

रक्त संचार केन्द्र,ब्लड बैंक,बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा संयोजक छबिलाल अर्यालले रक्तदान जीवन दान भएकोले हरेक तीन महिनामा खेर जाने रगतलाई दान गर्न सके मृत्युको मुखमा पुगेकाहरुलाई जीवन दिनु सबै भन्दा मानबिय धर्मलाई सार्थकता प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भएकोछ।
साकोसका अध्यक्ष बिष्णु बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साकोसका ६० जना स्वयमसेबी रक्तदाताहरुले रक्तदान गरेको साकोसका उपाध्यक्ष कृष्ण प्रसाद देबकोटाले जनाउनु भएको छ ।

सम्बन्धित् समाचार