मायादेवी गाउँपालिकाको स्कार्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको गाडी पूर्ण रुपमा जलेको हो।

गाउँपालिकाको कामकाज सकेर सदरमुकाम तौलिहवास्थित आफ्नो भाडाको निवासमा पार्किङमा राखिएको गाडी गएराति करिब १०.३० बजे आगजनी गरिएको प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिए।
गाडीमा लागेको आगो कपिलवस्तु नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो। आगजनी कसले र कसरी गर्यो भन्ने आफूले पत्तो नपाएको गाउँपालिका प्रमुख चौधरीले बताए।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सरकारी गाडी उपर कारबाही गर्ने नीति अनुसार गाडी आगजनी गरिएको हो कि भन्ने आशंका गरिएको जबराले बताए। उनले भने,’आगजनीको जिम्मेवारी भने कसैले लिएको छैन। घटनाबारे अनुसन्धान भई रहेको छ।