गृहपृष्ठ Featured स्ववियु वाणगंगा बहुमुखि क्याम्पस द्धारा विद्यार्थी सम्मान

स्ववियु वाणगंगा बहुमुखि क्याम्पस द्धारा विद्यार्थी सम्मान

स्वतन्त्र विद्यार्थी युनियन वाणगंगा बहुमुखि क्याम्पस लौगाईमा विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि वाणगंगा माविका अध्यक्ष हुमनाथ पौडेलले शिक्षाले नैतिकता, अहिंसा र शान्तिको पाठ सिकाउने बताउदै प्रतिशपर्धा सगै आजको सर्वा्धिक चासो र महत्वको विषय शिक्षा भएको हुर्दा उक्त नतिजा यस विद्यालयले ल्याएको दावी गरे ।

विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

वडा नम्वर आठका वडा अध्यक्ष तथा सञ्चालक समितिका सदस्य गुणानिधि भुषालले विद्यार्थि पढ्नका लागि ठुला क्याम्पस र कुनै शहरको आवश्यक नपर्ने बताए । क्याक्पसले सधैका वर्षमा जस्तै नजिता राम्रो ल्याएको हुदाँ नगर तथा वडाबाट सहयोग गर्ने पनि प्रतिबद्घता व्यक्त गर्नुभयो । वाणगंगा बहुमुखि क्याम्पसका अध्यक्ष हिमलाल पौडेलले विद्यार्थीलाई असल नागरिकका रूपमा समाजमा उभ्याउन र घर, परिवार समाज, राष्ट्र तथा विश्व परिवेशमा एक आपसी भाइचारा, शान्तिपूर्ण वातावरणको सुनिश्चिती गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा वाणगंगा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डिभी रेश्मी र वाणगंगा माविका प्रर्चाय कुलराज पौडले आफनो क्याम्पसले सदाको वर्षमा जस्तै उत्कृष्ट नतिजा ल्याउदा विद्यार्थीलाई सम्मान प्रशम्सा गदै शैक्षिक सफलताको शुभकामना दिएका थिय । साथै आउदो वर्षबाट स्नातकोत्तर कक्षा सञ्चालन गर्नका लागि आफुहरु ठुलो पहल गरेको जानाकारि दिए । स्वतन्त्र विद्यार्थी युनियन वाणगंगा बहुमुखि क्याम्पसका सभापति माधव पौडेलको अध्यक्षामा भएको कार्यक्रमको सञ्चालन भगवती न्योपानेले गरेकि थिईन ।

व्याजलर प्रथम वर्षमा म्यानेजमेन्टबाट जिल्ला प्रथम हुने छात्रा सपना भण्डारी

कार्यक्रममा सम्पुर्ण सञ्चालक समितिको उपस्थिति रहेको थियो । साथै कक्षा १२ पास भएका सम्पुर्ण विद्यार्थीलाई समान गरिएको थियो । र व्याजलर प्रथम वर्षमा म्यानेजमेन्टबाट जिल्ला प्रथम हुने छात्रा सपना भण्डारी क्याम्पस दुईतिय हुने रेखा पन्र्थी र क्याम्पस तृतिय हुने विन्दु शर्मा र शिक्षा सङकाय तर्फ प्रथम, दुईतिय, तृतिय हुने अजिता पाण्डे, सगुन भण्डारी र सविना रानालाई मायाको चिनो सहित समान गरिएको थियो । साथै छात्र शिशिर ज्ञवालीलाई विद्यालयले नगद रु पाचँ हजार स्वरुप समान गरेको थियो । कार्यक्रममा १०० भन्दा बढि बिद्दार्थीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार