गृहपृष्ठ Featured पत्थरकोटमा कृषि साप्ताहिक हाटबजार भौतिक निर्माणमा मात्र सिमित

पत्थरकोटमा कृषि साप्ताहिक हाटबजार भौतिक निर्माणमा मात्र सिमित

प्रकाशित मिति:

पार्बती आचार्य
कपिलबस्तु साउन २९
बुद्घभुमि नगरपालिका वडा नं. १ पत्थरकोटमा अबस्थित पत्थरकोट कृषि साप्ताहिक हाटबजार भौतिक निर्माणमा मात्र सिमित रहेको छ । २०७२ सालमा निर्माण गरिएको हाटबजार शुचारु भएको केहि दिन भित्रै बन्द भए पछि अहिले हाटबजारको कम्पाउण्ड भित्र बिभिन्न प्रजातिका झार र घाँसले भरिएको देख्न सकिन्छ ।


पहिला देखि नै संचालन गर्दै आएको ठाउँमा बाटोमा बजार लगाउँदा अस्तब्यस्त देखियो त्यस पछि बजारलाई ब्यबस्थित गर्नका लागि सहकार्य र समन्वमा गंगा ज्योति माध्यमिक बिद्यालय को दक्षिण साईडमा करिब ३ कट्ठाको क्षेत्रफल जमिनमा हाटबजारका टहराहरु निर्माण भए । उक्त हाटबजारबाट उठेको आम्दानी को रकम बिद्यालयलाई मासिक रुपमा हस्तान्तरण गर्ने भनि बिद्यालय ब्यबस्थापन समिति, स्थानिय तह, बुद्घिजिबी, समाजसेबी लगाएतको रोहबरमा निर्णय समेत गरिएको छ ।

बिद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ र बिद्यार्थिहरुलाई कसरी गुणस्तरिए शिक्षा दिलाउन सकिन्छ भन्ने स्थानिय बुद्घिजिबीहरुको भनाई छ । बजार गर्न आउने सेवाग्राहिहरुलाई सहजता हुने छ , हप्ताको प्रत्येक सनिबार लाग्ने हाटबजार बाट बजार गर्न आउने ब्यक्तिहरुले खुद्रा पसलमा सामान खरिद गर्दा भन्दा साप्ताहिक बजार देखि केहि सहुलिएत प्राप्त गर्ने छन् भन्ने उद्देश्यका साथ जिल्ला कृषि बिकास कार्यालय , स्थानिय तह , समाजसेवी बुद्घिजिबी लगाएको भेला गरि कृषि हाटबजारको उद्घाटन गरिएको थियो । बिडम्बना संचालनमा आएको करिब २ महिना मै बन्द भएको हाटबजार समितिले जनाएको छ ।

हाटबजार ब्यबस्थापन समितिका अध्यक्ष तारा बहादुर गुरुङले बजारलाई ब्यबस्थापन गर्नका लागि समन्वय गरेर सहमतिमानै निर्णय अनुसार कार्य अगाडि बढाएको बताएका छन् । आज भन्दा ५ बर्ष अगाडि माथिल्लो भेगका ब्यक्तित्व र तल्लो भेगका ब्यक्तित्व बीच सहकार्य गरेर भवन निमार्णका लागि जिल्ला कृषि बिकास कार्यालयमा अनुदानका लागि प्रस्तावना पेश गरि प्राप्त रु पाँच लाख रुपैंया रकम हाटबजार टहरामा लगानि गरिएको थियो । त्यस्तै कपिलमुनि सामुदायिक बन , हरिओम सामुदायिक बन , अम्मर ज्योति क्लब पत्थरकोट र स्थानियहरुबाट रु. २ हजार देखि ५ हजार रुपैंया सम्मको रकम उठाई निर्माणमा लगानि गरिएको अध्यक्ष गुरुङले बताए । केहि समय मात्र संचालनमा आए पश्चात बाटोमा हाटबजार संचालन गदै आएका केहि ब्यक्तिहरुले पुरानै ठाउँमानै संचालन गर्ने बिबाद गर्दागर्दै बुटवल पुनरावेदन अदालतमा मुद्दा दर्ता गराए । फैसलाले बिद्यालय ब्यबस्थापन समितिको निर्णयलाई खारेज हुनेगरि मुद्दा फैसला गरिदियो , उक्त भौतिक निमार्णको जिम्मेवारी स्थानियतह र जिल्ला प्रशासन कार्यालय कपिलबस्तुलाई संरक्षण , सम्बद्र्घन र बजार ब्यबस्थापनको जिम्मेवारी दिएको बताईएको छ । यस हाटबजारबाट उठेको रकमले बिद्यालयलाई सहयोग हुनेछ , बालबालिकाहरुले गुणस्तरिय शिक्षा हासिल गर्न पाउने छन् भन्ने मुख्य उद्देश्य हो । केहि ब्यक्तिहरुको फरक सोंचाईले गर्दा हाट बजार बन्द भएको हो , संचालका लागि समन्वय भईरहेको छ उनले भने ।


नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले पहिला देखिनै माथिल्लो भेगमा बजार लागिरहन्थ्यो तर बाटोमै अस्तब्यस्त रुपमा देखिने हुँदा , त्यसलाई ब्यबस्थित गर्नका लागि सहमतिमा तल्लोभेगमा संरचना निर्माण गरिएको बताए । निर्माण पश्चात केहिदिन संचालन भयो सामान्य बिबादका कारण अदालत सम्म मुद्दा पुगेपछि बन्द भएको हो । अदालतले स्थानियतहलाई नै जिम्मेवारी दिएको हुँदा दुदैे भेगका ब्यक्तिहरुलाई सहमति गराएर बजार ब्यबस्थापनका लागि पहल गरिरहेको नगर प्रमुख श्रेष्ठको भनाई छ । यस बजार निर्माणमा सरकारको लगानि , स्थानियतहको लगानि र स्थानिय ब्यक्तिहरुको लगानी छ , त्यो लगानी खेर नफाल्नका लागि हाटबजार संचालन हुन्छ , बजारदेखि उठेको रकमले गंगा ज्योति माबि लाई केहि मलमपट्टिको राहत दिलाउने छ भन्ने उद्देश्य रहेको श्रेष्ठको भनाई छ ।


त्यस्तै वडा नं. १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत (तिलक) ले बिभिन्न कारणले बन्द भएको कृषि हाटबजार संचालनका लागि पहल गरिरहेको बताएका छन् । दुईभेगका ब्यक्तिहरुको आन्तरिक द्वन्दका कारण अदालतमा मुद्दा परेपछि एक्कासी बन्द भएको हो , स्थानिय चुनाव हुनु भन्दा अगाडि देखिनै बन्द अबस्थामा थियो , पटक पटक संझाउँदा समेत अटेरी गरेको पाईएको छ । यसलाई सुचारु गर्नका लागि ४ महिना अगाडि देखिनै वडा सदस्य राम प्रसाद बेल्बासेलाई हाटबजार ब्यबस्थापनका लागि समन्वय गर्न जिम्मेवारी दिएको समेत बताए । उनले शनिवार लाग्ने बजारले बिद्यालयमा अध्ययन गर्ने छात्र, छात्राहरुलाई असर नपर्ने हँुदा संरचना निर्माण गरिएको स्थान अति उपयुक्त भएको ब्यक्त गरे ।


यसै गरी बरिष्ठ समाजसेबी बलाराम भुषालले बिद्यालयमा इनकमको श्रोत केहिनभएको हुँदा सबैको सल्लाहमा सबैलाई पायक पनि पर्ने देखिएको हुँदा बजार ब्यबस्थापनको स्थापना गरिएको बताए । उनले उक्त बजारबाट संकलित रकमले बिद्यालयका निजि श्रोतका शिक्षकहरुलाई पारिश्रमिकमा केहि सहायता मिलोस भन्ने मुख्य उद्देश्य रहेको ब्यक्त गरे । अहिले सम्म बन्द अबस्थामा रहेको हाटबजार लाई सुचारु गर्नका लागि समन्वयात्मक ढंगले लागिपरेको बताउदै यहि साउन ३१ गते बैठक बस्नका लागि स्थानियतह , समाजसेवी , बुद्घिजिबी लगायत सम्पूर्ण सम्बन्धित निकायलाई बिद्यालयले पत्रचार गरिसकेको समेत जनाए । साप्ताहिक रुपमा शनिवार लाग्ने बजारमा बजार गर्न छिमेकी जिल्ला अर्घाखाँचीलाई पायक पर्ने बिभिन्न स्थानहरु र नगरको भेलाई ,बिरपुर र पत्थरकोट लगायतका स्थानहरुबाट किनमेल गर्न आउने गर्दछन् ।

सम्बन्धित् समाचार