गृहपृष्ठ Featured जेब्राक्रस लैङ्गिक अल्पसंख्यकको कथा

जेब्राक्रस लैङ्गिक अल्पसंख्यकको कथा

प्रकाशित मिति:

लेखराम सापकोटा
भरतपुर /साउन ३२
उपन्यासकार तर्कना शर्माको नयाँ पुस्तक जेब्राक्रसमाथि अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा नारायणगढस्थित चितवन साहित्य परिषद्को भवनमा कार्यक्रमको आयोजना गरिएको हो ।

जेब्राक्रस समलिङ्गी बर्ग प्रति सम्बोधन गरेर लेखिएको उपन्यास हो । उपन्यासमा बिराज नामको मुख्य पात्र छ । बिराजको प्रेमकथा र वैवाहिक जीवनलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । उपन्यासले महिला हिंसाको मुद्दालाई उठान गरेको छ, पुस्तक माथि टिप्पणी राख्दै प्रभा बरालले भनिन्- समाजमा पुरुष हुनुको घमण्ड व्याप्त भएजस्तै बिराजले पनि उपन्यासको कथा मार्फत हिंसालाई अंगालेको छ । तर लेखकले नरम ढंगले बिषयलाई उठान गरेकी छन्- उनले भनिन् । कार्यक्रममा मानव सचेत समाज नारायणगढका देव श्रेष्ठले तेस्रो लिङ्गीका सन्दर्भमा आफ्ना धारणा राखेका थिए । श्रेष्ठ यौनिक तथा अल्पसंख्यक समुदायका अगुवा हुन् । उनले तेस्रो लिङ्गीलाई सामाजिक व्यवहारमा समानता हुनुपर्नेमा राज्यले ख्याल गर्नुपर्ने कुरामा जोड दिएका थिए ।


त्यसैगरी कार्यक्रमको दोस्रो चरणमा जेब्राक्रस संवाद गरियो । संवादमा लेखक शर्मा सहित शान्ति शर्मा र गणेश शर्मासँग विजय बिश्वकर्माले संवाद चलाए । गणेश श्रमणले भने- जेब्राक्रसले समाजमा ओझेलमा परेको विषयलाई मुलधारमा ल्याएको छ । संवादमा सहभागी अर्का श्रस्टा शान्ती शर्माले लेखकले पात्रहरुलाई न्याय गर्न नसकेको बताइन् ।

लेखक तर्कना शर्माले तेस्रो लिङ्गीले पनि सामान्य नागरिकझैँ बाँच्न पाउने अधिकारको वकालत गर्न आफ्नो पहिलो आख्यान मार्फत यौनिक तथा लैङ्गिक अल्पसंख्यकको कुरा उठाएको बताइन् । पुस्तक साङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो ।

सम्बन्धित् समाचार