गृहपृष्ठ Featured कपिलवस्तुमा पनि रविका समर्थकहरुले निकाले र्यालि

कपिलवस्तुमा पनि रविका समर्थकहरुले निकाले र्यालि

कपिलवस्तुमा स्वर्गीय पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीको छानबिनमा रहेका न्यूज २४ का सिधा कुरा जनता संग कार्यक्रम प्रस्तोता रवि लामिछाने समर्थकले प्रदर्शन गरेका छन । रवीका समर्थकहरुले जिल्लाको शिवराज नगरपालिका चन्द्रौटा बजारमा प्रर्दशन तथा र्याली निकालेका हुन । पत्रकार लामिछानेको रिहाइको माग गर्दै समर्थकहरुले चन्द्रौटा बजार परिक्रमा गर्दै कोण सभा गरेको हो । शिवराज युथको आयोजनामा रवि सर्मथकहरुको स्वतः स्फूर्त रुपमा जम्मा भएका युवाहरुले रवि लाई न्याय दे लेखिएका पम्पप्लेट सहित युवाहरुले प्रदर्शन गरेका हुन । प्रदर्शनमा करिब ३०० जति युवाहरुको सहभागि थिय ।

सम्बन्धित् समाचार