गृहपृष्ठ Featured नेकपा बाणगंगाको अध्यक्षको जिम्मेवारी पाण्डेलाई

नेकपा बाणगंगाको अध्यक्षको जिम्मेवारी पाण्डेलाई

प्रकाशित मिति:

वैखरी अनलाइन संवाददाता
नेकपा बाणगंगाको जिम्मेवारी शकंर पाण्डेले पाएका छन । नेकपा कपिलवस्तु जिल्ला सचिवालय सदस्य रहेका शकंर पाण्डेले अध्यक्षको जिम्मेवारी पाएका छन । उनी बाणगंगाका सह इञ्र्चाज समेत रहेका थिए ।

नेकपा बाणगंगाका अध्यक्ष कार्कीलाई पार्टीले जिम्मेवारीबाट हटाएपछि उनलाई जिम्मेवारी दिइएको हो । नेकपा बाणगंगाका अध्यक्ष बिश्व कार्कीलाई पार्टीले पार्टीको जिम्मेवारीबाट हटाएको छ । नेकपा कपिलवस्तुको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका कार्की जागिर लगाई दिन्छु भन्दै पैसा खाएको आरोप पछि पार्टीले जिम्मेवारीबाट हटाएको हो ।

पिडितहरुको उजुरी र उनीहरुका साथमा पार्टीका जिल्ला नेताहरु बसेर छलफल गर्दा पैसा लिएको प्रमाणित भएपछि पार्टीले बाध्य भएर कारबाही स्वरुप पार्टीबाट निष्कासित गर्न बाध्य भएको नेकपा सचिवालय कमिटिका एक जिल्ला नेताले वैखरी अनलाईन मिडियालाई जानकारी दिएका छन ।

थप अनुससन्धान गर्ने र पिडितलाई राहत दिन आवश्यक प्रक्रिया चाल्ने नेकपा कपिलवस्तुले जनाएको छ ।

यो पनि पढ्नुहोस् सरकारी जागिर लगाइ दिन्छु भन्दै पैसा खाने नेकपा बाणगंगाका अध्यक्ष बिरुद्ध उजुरी

यो पनि पढ्नुहोस् नेकपा बाणगंगाका अध्यक्ष कार्की जिम्मेवारीबाट निष्कासित

सम्बन्धित् समाचार