गृहपृष्ठ Featured डुबेर ज्यान गुमाएका २ बालकका परिवारलाई राहत हस्तान्तरण,

डुबेर ज्यान गुमाएका २ बालकका परिवारलाई राहत हस्तान्तरण,

प्रकाशित मिति:

तारा पौडेल
९ भदौ , कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंबर ३ सोंगामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाएका २ बालकका परिवारलाई आज ९सोमबार० राहत स्वरुप रकम हस्तान्तरण गरिएको छ । कन्चन गाँउपालिकाको तर्फबाट दुवै परिवारलाई ७५९७५ हजार र धमिनाताल सामुदायिक वन उपभोक्ता समुहबाट रु ५०९५० हजार रकम वडा नंबर ३ का अध्यक्ष नगेन्द्रबहादुर लामिछाने, धमिनाताल सामुदायिक वनका अध्यक्ष जिबहादुर क्षेत्री सहित अन्य पदाधिकारीहरुको उपस्थितीमा घरमै गई मृतक दिपेशकी जेठीआमा शुकुमाया थापालाई र मृतक उज्ज्वलका कान्छा हजुरबा ओमबहादुर बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दै वडाध्यक्ष नगेन्द्रबहादुर लामिछानेले घटनाप्रती दुख ब्यक्त गर्दै परिवारजनमा सहानुभुती प्रकट गर्नुभएको थियो । साथै उहाँले पिडित परिवारमा केही सहयोग होस भन्ने हेतुले रकम हस्तान्तरण गरिएको बताउनुभएको छ ।
यस्तो अप्रिय घटनाले गाँउपालिका नै स्तब्ध भएको बताउदै बडाध्यक्ष लामिछानेले पिडित पक्षहरुलाई परेको खण्डमा आवश्यक सहयोग गर्ने गाँउपालिकाले निर्णय गरेको समेत जानकारी दिनुभएको छ ।

यस्तै धमिनाताल सामुदायिक वनको तर्फबाट दुबै परिवारलाई १५९१५ क्युफिट काठ र बिस्तारा सहितको बक्सपलङ १९१ थान दिईने भएको छ भने पिडित परिवारका १९१ सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिने भएको छ। साथै दुई परिवारका २ छोरीहरुलाई पनि कक्षा १० सम्म छात्रबृत्तीको ब्यवस्था गरिने जनाईएको छ ।

सोगा निवासी बिष्णु थापाका छोरा बर्ष ११ का दिपेश थापा र लोकबहादुर बुढाथोकीका छोरा बर्ष १२ का उज्ज्वल बुढाथोकीको गएको शनिबार दिउँसो घरदेखी केही पर रहेको नवनिर्मित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

सम्बन्धित् समाचार