गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पस बुङ्ची क्यूएए सुनिश्चितका लागी प्री भिजिट तथा अन्तरक्रिया

सिद्धार्थ क्याम्पस बुङ्ची क्यूएए सुनिश्चितका लागी प्री भिजिट तथा अन्तरक्रिया

प्रकाशित मिति:

कपिलवस्तु, भदौ ११

सिद्धार्थ क्याम्पस बुङ्चीद्धारा क्याम्पसलाई गुणस्तरीय प्रमाणीकरण गर्नका लागि टेवा पुगोस् भन्ने उद्देश्यले प्री भिजिट कार्यक्रम अन्र्तगत सरोकारवालाहरु सँगको अन्तरक्रिया तथा प्री भिजिट टिम र संचालक समितिसँग आन्तरिक गुणस्तर सुनिश्चित कार्यक्रम संचालन गरिएको छ । सिद्धार्थ क्याम्पस बुङ्चीको आयोजनामा भदौ ११ गते देखि सुरु भएको कार्यक्रम भदौ १३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पि आर टि संयोजक प्रध्यापक डा.जयराज अवस्थीले क्यूएए प्रक्रिया र यसको महत्व माथि प्रकाश पार्नुभएको थियो । उहाँले क्याम्पस प्रमाणीकरण प्रक्रियामा सहभागी भएकोमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रमको उद्घाटन सत्रमा बोल्नुहुँदै प्रदेश सांसद विष्णु पन्थीले क्याम्पसलाई गुणस्तरीय क्याम्पस बनाउनका लागि विभिन्न पहल गरिरहेको अवस्थामा यो कार्यक्रमले थप टेवा पुग्ने बताउनुभयो । उहाँले शिक्षाको उर्वरताले नै समाज परिवर्तन गर्न सकिने हुँदा शिक्षामा लगानी गरे अनुसार गुणस्तरमा वृद्धि हुन नसकेको स्पष्ट पार्नुभयो । साथै गुणस्तरीय शिक्षामा वृद्धि गर्न सबै चनाखो भएर अगाडी बढ्नुपर्ने जिकिर गर्नुभयो ।

सो कार्यक्रममा बोल्नुहुँदै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले उच्च शिक्षालाई कसरी अगाडी बढाउन सकिन्छ भन्दै कार्यक्रमको आयोजना गरेकोमा क्याम्पसलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वाणगंगा नगरपालिका भित्रको यस क्याम्पसले गुणस्तरीय प्रमाणीकरण गर्नका लागि उल्लेख्य कार्य गरेको बताउनुभयो ।

यस्तै स्व मूल्याङन समितिका संयोजक गोविन्द प्रसाद खनालले क्याम्पसको हाल सम्मका प्रगति विवरण तथा योजनाहरु प्रस्तुत गर्नुभएको थियोे । उहाँले क्याम्पस गुणस्तर प्रमाणीकरण गर्नका लागि आयोजना गरिएको यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सिद्धार्थ क्याम्पस बुुङचीका संचालक समितिका अध्यक्ष झविलाल पोखरेलको अध्यक्षता, पि आर टि संयोजक प्रध्यापक डा.जयराज अवस्थीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तैगरी कार्यक्रममा पूर्व संविधान सभा सदस्य विश्राम प्रसाद थारु, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, नगरपालिकाका जनप्रतिनिधहरु, नगर शिक्षा प्रमुख, संचालक समिति, क्याम्पस सभा सदस्यहरु, बैंकरहरु, सहकारीका प्रमुखहरु, विद्यालयका प्रअ, क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरु, पूर्व तथा वर्तमान विद्यार्थीहरु , सबै सरोकारवाला पक्ष लगायतको सहभागिता रहेको थियो । क्याम्पस प्रमुख खेमराज शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रम गोविन्द खनालको संचालनमा सम्पन्न भएको थियो । १०० बढीको सहभागिता रहेको कार्यक्रममा सरोकारवाला निकायसँग विभिन्न विषयमा छलफल गरिएको थियो ।

सम्बन्धित् समाचार