गृहपृष्ठ कला/साहित्य मुभेन्ट आर डान्स एण्ड सिङगिङको मेघा अडिसन जितपुरमा सम्पन्न

मुभेन्ट आर डान्स एण्ड सिङगिङको मेघा अडिसन जितपुरमा सम्पन्न

प्रकाशित मिति:

हरि घिमिरे ,जितपुर भदौ १५
कपिलवस्तु जिल्लामै ख्याति कमाइसकेको एम आर डि ईन्ष्टिच्युटले गायकी सहितको नृत्य प्रतियोगिता सिजन २ को मेघा अडिसन होराईजन माविको हलमा सनिवार सम्पन्न गरेको छ । एम आर डि ले होराइजन , जनता , ज्ञानपुञ्ज , पारिजात , हिलबर्ट लगायतका जिल्लाा भित्रका विभिन्न ११ वटा स्कुलहरुमा अडिसन लिएको थियो । जसमा करिब एक हजार विद्यार्थी ले दुबै विधामा भाग लिएका थिए । छनोट प्रक्रियामा १५० जना विद्यार्थीहरु दोस्रो राउन्ड मेगा अडिसनको लागि छनोट भएका थिए । मेघा अडिसनमा यस क्षेत्रका विभीन्न प्रतिष्ठत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यस ईन्ष्टिच्युटले कपिलवस्तु मै अघिल्लो बर्ष नृत्य तर्फको सिजन १ गराएर जिल्लामै ख्याति कमाइसकेको छ । त्यसैगरी कैलालीको टीकापुर र कञ्चनपुर को बर्डमा पनि नृत्य तर्फकै सिजन १ प्रतियोगिता गराएर पश्चिम क्षेत्रमा पनि आफ्नो परिचय स्थापित गरिसकेको एम आर डि का डाइरेक्टर तथा मुख्य प्रशिक्षक धिरज देवकर ले बताए । त्यस्तै विभिन्न ठाउँमा अवसर नपाएर लुकेर बसेका प्रतिभाहरु को लागि एम आर डि ले भविष्यमा पनि यस्ता कार्यक्रमहरु ल्याइ राख्ने जानकारी म्यानेजर रेणु श्रेष्ठले वैखरी अनलाईन लाई जानकारी दिईन ।

सम्बन्धित् समाचार